भारतको महाराष्ट्रको शहरी क्षेत्रमा मात्र भारतीय माओवादीको ५५ बढी फ्रन्टल संगठनहरु हावी रहेको भारतीय प्रहरीको रिपोर्टले देखाएको छ ।

‘हेड अफ महाराष्ट्र एन्टी नक्साल अपरेसन’ (एएनओ)ले सोमबार एक रिपोट जारी गर्दै भारतीय माओवादीहरुको प्रभाव गाउँ मात्र होइन शहरमा समेत विस्तार भएको बताएको छ ।

maoists_660_060813063852

धेरैले भारतीय माओवादीको प्रभाव दुर दराजमा मात्र सीमित रहेको भन्ने प्रचार गरिरहेको बेला महाराष्ट्र प्रहरीले यो खबर अब पूरानो भएको भन्दै अहिले पछिल्ला दिनमा माओवादीहरुले तीव्र गतिमा शहरतिर आफ्नो प्रभाव विस्तार गरेको जनाएको छ ।

‘उनीहरु कुनै एक जिल्लामा मात्र सीमित छैनन्, धेरै प्रहरी विभागहरुले पनि यस्तै रिपोर्ट राख्ने गर्छन् ।’ रेडस्पार्क वेभासाइटले भारतीय द हिन्दुलाई उदृत गर्दै लेख्छ– ‘यो माओवादी आन्दोलन तीव्र ढंगले शहरतिर अगाडि बढिरहेको छ ।’

द हिन्दुका अनुसार भारतीय प्रहरीका इनेस्पेटक्र अफ जनरल (आइजी) बोडखेले पुलिसहरुलाई भारती माओवादीबाट सधै सावधान हुन निर्देशन समेत दिएका छन् ।

भारतीय प्रहरीको भनाईअनुसार यही महाराष्ट्रका शहरी इलाकामा ५५ सक्रिय माओवादी संगनठहरु क्रियाशिल छन् । यही क्षेत्रमा रहेर उनीहरुले भारतीय माओवादी जनसेनामा भर्ति गर्ने काम गर्छन् ।

अहिले पछिल्ला दिनमा यही महाराष्ट्रलाई केन्द्र मानेर भारतीय माओवादीहरुले मुम्बई, पुनेलगायत थुप्रै शहरहरुमा समेत सक्रिय गतिविधि गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतको पश्चिम केन्द्रमा रहेको महाराष्ट्रको जनसंख्या झण्डै १२ करोड रहेको छ । यसको प्रमुख शहर मुम्बई हो ।

स्मरणरहोस् भारतीय माओवादीले पछिल्लो समयमा आएर माओवादी आन्दोलनलाई गाउँबाट शहरतिर विस्तार गर्ने नीति अख्तियार गर्ने कुरा गरिरहेको थियो ।

भारतीय माओवादीको सशस्त्र आन्दोलन विश्वमै सबैभन्दा ठूलो सशस्त्र क्रान्तिकारी आन्दोलन हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार