विप्लव माअाेवादी निकट अखिल नेपाल जनसांस्कृतिक  महासङ्घका महासचिव खेम थपलियाले भारतीय विस्तारवादले सिमानाका जङ्गेपिलर उखलेर काँधमा बोकेर दौडिरहेको कोही पनि लेखक तथा साहित्यकार सिरक ओढेर बसिरहन नहुने बताएका छन् ।

उनले अखिल नेपाल जनसांस्कृतिक महहासङ्घ, कोशी ब्युरोको पहिलो भेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

khemmmmm

देश रहे मात्र राजनीति गर्ने ठाउँ रहने हुँदा यतिबेला सबै मिलेर देशको रक्षार्थ उभिनुपर्नेसमेत बताए ।

अहिले सांस्कृतिक क्षेत्र धेरै अस्तव्यस्त भएको हुँदा यसको रुपान्तरणको कुनै विकल्प नरहेको बताउँदै थपलियाले अब नेपालमाा सांस्कृतिक क्रान्ति छेडिने कुराको समेत उद्घोष गरे ।

सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य एवम्.कोशी ब्युरो इन्चार्ज पदम राईले  यतिबेला राष्ट्रियता गम्भीर खतरामा परेको हुनाले सबै एकजुट भएर राष्ट्रियता बचाउनका निम्ति लागि पर्नुपर्ने बताए ।

उनले नेपाली जनता र राष्ट्रियतालाई स्वाधीन बनाउन एकीकृत जनक्रान्तिको कार्यदिशाका आधारमा सबै एकजुट हुनुपर्ने कुरासमेत बताए । 

सोही कार्यक्रममा शुभकामना मन्तत्वय र।ाख्दै नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्रा.डा. गोपाल भण्डारीले अहिले देशको राजनीति अस्तव्यस्त रेहकाले विप्लव माओवादी उठाएको कुरा सही सावित हुँदै गएको कुरा आंैल्याए । उनले राष्ट्रियता जोगाउनका निम्ति सबै एकजुट हुनुपर्नेसमेत बताए ।

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य गोपाल निर्भिक, राष्ट्रिय परिषद् सदस्य लोकराज निरौला, भारत सिक्किमकी गजलकार जीविका खतिवडा, रामचन्द्र अच्युत साहित्यकला प्रतिष्ठानका झापाकी अध्यक्ष लक्ष्मी ढुंगाना, नेपाल गजल प्रतिष्ठान, सुनसरीका अध्यक्ष श्रेष्ठ परिक्रमा सािहयत्कार खेमराज शर्मालगायतका व्यत्त्विहरुले कार्यक्रमको सफलताका शुभकामना दिएका थिए ।

उक्त कार्यक्रमा लघु कथाकार खेमराज खनालका लघुकथा, प्रा. भीम खतिवडाका गजल र कवि शकुन्तलान त्रिखत्रीका कवितामाथि परिचर्चामाथि भएको थियो । खनालका लघुकथामाथि वाङ्मय समाजका अध्यक्ष रमेश घिमिरे, खतिवडाका गजलमाथि नेपाली लेखक संघका केन्द्रीय सदस्य सुरेश सुवेदी र त्रिखत्रीका कवितामाथि प्रगतिशील लेखक संघका राष्ट्रिय परि।षद् सदस्य केशवकुमार सुनामका चर्चा गरेका थिए । राष्ट्रिय र स्रष्टाका मन विषयक साहिय गोष्ठीसमेत सम्पन्न भएको थियो ।

उक्त गोष्ठीमा सुनसरी, मोरंगलगायतका जिल्लाका एक दर्जन स्रष्टाहरुले गीत, कविता र गजल प्रस्तुत गरेका थिए ।

भेलामा नेकपा (माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, कोशी ब्युरो गठन भएको घोषणा भएको छ । सुनसरीको धरानमा आयोजना गरिएको एक भव्य कार्यक्रमका बीचमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिका सदस्य लम्जेल सङ्घर्षशीलको नेतृत्वमा ७ सदस्यीय कोशी ब्युरो गठन भएको हो ।

ब्युरो सदस्यहरु जमुना श्रेष्ठ (सुनसरी), सुम्निामा राई (धनकुटा), डम्बर लोहार (मोरंग) प्रविन राई (संखुवासभा) लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार