काठमाडौं देखि झन्डै १८ किलाेमिटर मात्र दक्षिणमा पर्ने काठमाडौं जिल्लाको दक्षिणकाली न.पा. फर्पिङ बसपार्क देखि सबै गाउँ टोलको भित्ताहरुमा यतिबेला विप्लव माओवादीका कार्यकर्ताहरुले आठौं महाधिवेशनको आह्वान गर्दै रातो रंगले लेखिएका नाराहरुले भरिएका छन्।

ktm1111

“फाल्गुन १ गते खुल्ला मन्च जाऔं, आठौं महाधिवेशन भव्य रुपले सफल पारौं । एकीकृत जनक्रान्ति जिन्दावाद, नेकपा (माओवादी)जिन्दावाद।” सहितका नाराहरुले बसपार्क नजिकका भित्ताहरु र प्रत्येक गाउँ टोलहरुको भित्ताहरू  रातो रंगले लेखेर माओवादीमय बनाउने आफ्नो पार्टीको निर्देसन रहेको एक माओवादी कार्यकर्ताले जवाफ दिएका छन्।

अहिले देशैभर माओवादी युवाहरु जनताको काम गर्न, पार्टीको महाधिवेशनको तयारीका लागि भित्तेलेखन गर्न र संगठन विस्तारमा भ्याईनभ्याई छन्।।

स्थानीय माओवादी नेता साङ्गे लामाले अहिले जनताको अधिकारको लागि लड्ने एकमात्र क्रान्तिकारी पार्टी विप्लव माओवादी पार्टी मात्र रहेको र आफुहरुले परिवर्तन चाहेको, न्यायको निम्ति आवाज उठाउदा कसैले दमन गरे त्यसको प्रतिरोध गर्न आफ्नो पार्टी कुनै हालतमा पछाडि नहड्ने बताएका छन्।

माओवादी युवाहरु केही समय उक्त ईलाकामा भित्ते लेखनका साथै संगठन विस्तार गर्ने अभियानमा छन् ।

ktm222

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार