पहिला रमेश मल्ल र रामदीप आचार्यहरु बालुवाटारमा हर्ताकर्ता थिए । अहिले पूर्ण कार्कीको चुरिफुरी बढेपछि विशेषतः सैन्य फाटबाट आएका माओवादीहरु बढी सशंकित भएका छन् ।
वैद्य हुदै विप्लवको पार्टी समेत चाखेर प्रचण्डतिरै फर्किएका रामदीपले केही समयअघि हेडक्वार्टरमा भनिसकेका छन, बरु बदाम बेचेर बसिन्छ, यस्ता दलालको झुण्डमा फसिदैन †

पूर्ण २०६४ सालमा कम्प्यूटर टाइप गर्न विकेश श्रेष्ठ मार्फत बालुवाटार छिरेका हुन् । सचिवालयभित्र सुराकी छि¥यो भन्ने हल्ला चल्न थालेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले निकाल्न अनेक काशिस गरे । तर, नसकेपछि मेरो छेउमा आउन नदिनु भन्ने निर्देशन दिएका छन् ।
माओवादी शान्तिप्रक्रियामा आउनुअघि कांग्रेस चिन्तक प्रदिप गिरिका लेखहरु टाईप गर्ने जागिरै खाएका रहेछन पूर्णले । घर रामेछाप हो । काठमाडौँमा बबरमहल बस्छन्, कार्की प्रेससँगै । त्यही घरमा प्रमपुत्री रेणु दाहाल पनि बस्छिन् । त्यो घर बाबुरामहरुको नयाँ शक्तिको अफिस पछाडि छ ।
शान्तिप्रक्रियामा आएर माओवादीको प्रचार फाँट बाबुराम भट्राईले हेर्न थालेपछि उनले द्धन्द्धकालीन समयमा माओवादी प्रचार संयन्त्रका अगुवा महेश्वर दाहाल र गोविन्द आचार्यलाई सिराहा र प्युठानको भुगोलमा खटाए । र, यता मनऋषि धितालले जनादेश निकाल्ने जिम्मा पाए । त्यसका लागि कम्प्युटरमा काम गर्ने मान्छे खोजिदा भेटिएका हुन पुर्ण ।
पुष्पकमल ०६४ प्रम बन्दा स्वीकिय सचिव रहेका विकेश श्रेष्ठलाई एउटा टाक्कटुक्क कम्प्युटरको काम गरिदिने मान्छे चाहिएको थियो । मनऋषिले ल्याएको भनेपछि राम्रै मान्छे होला भन्ठानेर विकेशले आफूभन्दा मुनि स्वीकिय सचिवको चिठी दिलाए ।
सरकारबाट हटेपछि पूर्ण काठमाडौँका नेता तथा पुष्पकमलका भाई नारायण दाहालहरुसँग नजिक भए । नेवाः राज्य कमिटीअन्तर्गत प्रचार फाँटमा काम पाए । अहिले फेरि स्वीकिय सचिव छन्, नारायण दाहाल र रेणुहरुको जोडबलमा ।
प्रचण्डले पिएको मदिराको ब्राण्ड र मात्रा समेत अन्यत्रबाट सुन्नुपर्ने स्थिति भएपछि सिंहदरबारमा बसेर सल्लाहकार र स्वकीय सचिवहरुले निकालेको निष्कर्ष हो– ‘यता र उता बराबर दौडिने जो हो, यस्तो काम गर्ने पनि त्यही हो ।’
जनअास्थाबाट







