चीनको उद्योग समुह वांडा ग्रुपका अरबपति एक मालिकले अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थर्काएका छन् कि यदि ट्रम्प चीनको लगानीसँग गलत ढंगबाट जुध्छन् भने दशौं हजार भन्दा बढी अमेरिकीहरुको जागिर जोखिममा पर्न सक्छ ।

donalldd

‘मेरो अमेरिकामा १० अरब डलर भन्दा बढी लगानी छ र २० हजार भन्दा बढी व्यक्तिहरु जागिरमा छन् ।’ वांडाका सीईओ वांग जियानलिनले भने-‘यदि चीजहरुसँग सहि ढंगबाट सामना नगरे उनीहरुसँग खानका लागि केही पनि हुने छैन ।’

वांगले भने कि उनीहरुले मोशन पिक्चर ऐसोसिएशन अफ अमेरिकाकन प्रमुख क्रिस डाडसँग यो सन्देश ट्रम्पलाई दिनको लागि भनेका छन् । उनी अमेरिकी मनोरञ्जन कारोवारमा चीनको बढदै गरेको भागको अमेरिकी विधी निर्माताहरुद्धारा जांच बढाएको प्रश्नहरु माथि जवाफ दिइरहेका थिए ।

विज्ञहरुले भनेका छन् कि यदि चीनले अमेरिकामा लगानी गरेका उद्योगहरु झिक्ने हो भने अमेरिका नराम्रोगरी आर्थिक रुपले टाँट पल्टिनेवाला छ ।

अमेरिकाको चीनसँग अहिलेसम्म ४ ट्रिलियन बराबरको व्यापारिक ऋण छ । उसले चीनलाई तिर्नु पर्ने ऋण मात्र ३ ट्रिलियन बराबरको छ । यी सबै अब अमेरिकाले अनावश्यक निहुँ खोजे अमेरिकालाई नै नोक्सान पुग्ने विज्ञहरुको भनाई छ ।

चीन अहिले अमेरिकालाई आर्थिक रुपले उछिनेसकेको अवस्थामा छ । तर यसको घोषणा गर्न चीन चाहिरहेको छैन । जेहोस् पछिल्लो दिनमा ट्रम्पको सन्काह सोचले अमेरिकालाई कहाँ पुर्याउछ, त्यो भने हेर्ने पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार