मंसिर ५, बुटवल । नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ, लुम्बिनी ब्युरोको भेला बुटवलमा सम्पन्न भएको छ । ब्युरो अन्तर्गत ६ वटा जिल्लाबाट सहभागी रहेको भेलाले माघमा ब्युरो सम्मेलन गर्ने निर्णय गर्दै महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगरको संयोजकत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । सम्मेलनले आयोजक समितिका सदस्यहरुमा दिलकुमार घर्ती, प्रकाशसिंह राना, लिला राना, चरना घर्ती लगायत रहेका छन् ।
भेलाले वैदेशिक हस्तक्षेप र साम्राज्यवादले फैलाएको उपभोक्ताबादी सांस्कृतिक प्रदुषण, अराजकता र सबैखाले बिभ्रम विरुद्ध प्रतिरोधी सांस्कृतिक हस्तक्षेप अभियान अगाडि बढाउने निर्णय गरेको छ । यहि बिसयमा केन्द्रित रहेर आगामी पौष १० र ११ गते कपिलवस्तुमा महासंघ र यस अन्तर्गत रहेको रक्तरन्जित सांस्कृतिक परिवारको आयोजनामा प्रशिक्षणात्मक भेला र पौष १६ गते शनिबार बुटवलमा बृहद कबिता गोस्ठी गर्ने निर्णय गरेको छ ।
भेलामा नेकपा (माओवादी) केन्द्रीय सदस्य एबं लुम्बिनी ब्युरो इन्चार्ज बिरजङ, रुपन्देही सेक्रेटरी सरद ओलि, अ्मरको उपस्थिति रहेको थियो । भेला खोमा तरामु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।







