काठमाडौं । विश्वकै अर्बपतिको सूचिमा सूचिकृत धनाढ्य बिनोद चौधरीको एक उद्योगले कर्मचारीको १० महिनादेखि तलव नदिएपछि एक सातादेखि दिनहुँ धर्ना र विरोध प्रदर्शन गर्दै आइरहेका छन् । विश्वबैंक एक अर्ब अनुदान लिएर चरम दुरुपयोग गरिएको कम्पनी सिजि टेलिकममा कार्यरत कर्मचारीहरुले विगत १० महिनादेखि तलब नपाएपछि सानेपास्थित सिजि हाउसमा दिनहुँ धर्ना दिँदै आइरहेका छन् ।
विश्व बैंकबाट ऋण लिएर नेपाल सरकारले एक अर्ब रुपैयाँ ऋण लिएर अमेरिकी कम्पनी एसटिएम कम्पनीलाई नेपालको ग्रामिण क्षेत्रमा दुरसञ्चार सेवा पु¥याउनको लागि निशुल्क लाइसेन्स दिएको थियो । सिजी ग्रुप सम्बद्ध सिजि टेलिकमका कर्मचारीले लामो समयदेखि तलब नपाएपछि आजित भएर आन्दोलनमा होमिएको आन्दोलनको नेतृत्व गरिरहेका जीवन दाहालले बताए ।
पीडित कर्मचारीले दैनिक रुपमा सिजि हाउस, सानेपामा धर्ना दिँदा सुरक्षागार्ड लगाएर धपाउने प्रयास गरेका थिए ।
चौधरी ग्रुपले प्रहरीलाई प्रभावमा पारेर दमनको प्रयास गरेका छन् । पीडित कर्मचारीले तत्काल तलब पाउनुपर्ने, अनुदान लिएको कम्पनी तत्काल सञ्चालन गर्नुपर्ने लगायतका १३ बुँदे माग राखेर आन्दोलन चलाएका छन् ।
चौधरी ग्रुपले लामो समयदेखि सिजि टेलिकममा कर्मचारीमाथि दमन गरेका छन् । लामो समयदेखि आन्दोलन गर्दै आएपनि व्यवस्थान समुहले वेवास्ता गर्दै आएको छ । विश्वकै धनीहरुको सूचिमा सूचिकृत बिनोद चौधरीको लगानी रहेको सिजि हाउसकै कर्मचारीहरुले तलब नपाएको बिषयमा कर्मचारीहरुले संसदमा समेत आवाज पु¥याउने चेतावनी दिएका छन् ।







