नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले मुल्यबृद्धि, मंहगी र भ्रष्टचारका विरुद्ध आज दिउँसो काठमाडौंमा विशाल मार्चपास गर्ने भएको छ ।

कमिशनखोर र भ्रष्टचारीका कारण देशमा मंहगी र मुल्यबृद्धि बढेको भन्दै विप्लव माओवादीले राज्यलाई दबाब सिर्जना गर्नेगरी विशाल मार्च गर्न लागेको हो ।
काठमाडौंको सिनामंगलमा जम्मा भएर रत्नपार्कमा पुगी समापन हुने सो विशाल मार्चपासमा सहभागी हुन विप्लव माओवादीले आम जनतामा अपिल समेत गरेको छ ।
‘यो प्रतिक्रियावादी राज्यले देशमा मंहगी र भ्रष्टचार थोपरेर जनताको ढाड भाँच्ने काम गरिरहेको छ, हामी राज्यलाई खबरदारी गर्न चाहन्छौं ।’ माओवादी उपत्यका व्युरो इन्चार्ज सन्तोष बुढामगरले भने– ‘राज्यलाई खबरदारीसहित जनताको जनजीविका सहजका लागि हामीले मार्चपासमार्फत यो दबाब गर्न गइरहेका छौं ।’
राज्यका अलावा राज्यद्धारा संरक्षित कमिशनखोर र माफियाखोरहरुलाई चेतावनीस्वरुप पनि यस्तो कार्यक्रम गर्न लागेको माओवादीले जनाएको छ ।
स्मरणरहोस् विप्लव माओवादीले लामो समयदेखि मंहगी, मुल्यबुद्धि र भ्रष्टचारका विरुद्ध निरन्तर शान्तिपूण र दबाबपूर्ण आन्दोलन गरिरहेको छ ।







