नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले रुसी क्रान्तिका नायक लेनिन र चिनियाँ क्रान्तिका नायक माओलाई स्मरण गरेको छ ।

अक्टोबर क्रान्तिको एक सय वर्ष र माओको १२४ औं जन्म जयन्तीको अवसरमा विप्लव माओवादीले काठमाडौंमा विशाल मार्चपाससहित एक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको सिनामंगलदेखि शुरु भएको मार्चपास शान्तिवाटीकामा आएर समापन भएको थियो ।
सो मार्चपासमा नेकपा माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य माइला लामा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
शान्तिबाटीमा पुगेर कोणसभामा नेताहरुले बोलेका थिए ।













