माओवादी केन्द्रका केन्द्रीय सदस्य एव मजदुर संगठनका केन्द्रीय सचिव आतिश मिश्रले सो पार्टी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरेका छन् ।

आतिश मिश्र
आज पुष १० गते मिश्रले एक प्रेस विज्ञेप्ती निकालेर माओवादी केन्द्रको मूल नेतृत्व भयानक विचलन र गद्धारीमा पतन भएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
मिश्रले प्रचण्ड -बाबुरामले सामन्तवाद र विस्तारवादसँग घुडाँ टेकेको भन्दै आमुल परिवर्तनका लागि नेत्र विक्रम चन्द विप्लवद्धा नेतृत्व माओवादीले मात्र सही दिशा दिने आफ्नो विज्ञेप्तीमा उल्लेख गरेका छन् ।
साथै उनले मजदुरहरुको हकहितको अधिकार विप्लव माओवादीबाट मात्र सुनिश्चित हुने बताएका छन् ।
मिश्रद्धारा जारी गरिएको विज्ञेप्तीको पूरा अंश ः








