विश्व सर्वहारावर्गका महान् नेता एवं चिनियाँ जनवादी क्रान्तिका नायक माओको जन्म गाउँ हुनान प्रान्तको शाओसान गाउँमा पनि माओको १२४ औं जन्म जयन्ती मनाइएको छ ।

सन् १८९३ को डिसेम्बर २६ मा माओ जन्मेका थिए ।
माओको पहलकदमीमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । र माओको नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति समेत भएको थियो ।
उनै माओको १२४ औं जन्म जयन्ती विश्वभर क्रान्तिकारी माओवादीहरुले विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् ।
त्यही क्रममा चीनको हुनान प्रान्तको शाओसान गाउँमा त्यहाँका स्थानीयहरुले आइतबार विभिन्न कार्यक्रम गरेर माओलाई सम्झेका छन् ।
हामीले यी तस्बीरहरु चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सबाट लिएका हौं ।

माओको जन्म जयन्तीको अवसरमा नाँच नाँच्दै युवाहरु

माओको जन्म जयन्तीको अवसरमा माओको शालिकमा माल्यार्पण गर्दै स्थानीयहरु

जन्म जयन्तीको अवसरमा माओले लगाउने गरेको पोशाकमा सजिदै एक स्थानीय

जन्म जयन्तीको अवसरमा माओको शालिक अगाडि स्थानीहरु तस्बिर लिदैं







