नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले संसदीय व्यवस्थाको ठेकेदार बन्न खोज्नु अचम्म भएको बताएका छन् ।
दस वर्षे जनयुद्ध संसदीय व्यवस्थाका विरुद्ध सशस्त्र संघर्षको नेतृत्व गरेको प्रचण्ड आज उही संसदीय व्यवस्थाको ठेकेदार बन्नु अनौठो भएको विप्लवको भनाइ छ ।
आज काठमाडौमा पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको एक कार्यक्रममा विप्लवले नेपालमा संसदीय व्यवस्थाका कारण नेपाली जनताको भविष्य बर्वाद भएको बताए ।
नेपालको माओवादी आन्दोलन प्रचण्ड बाबुरामका ठूलो धक्का खाएको भन्दै विप्लवले अब त्यसबाट पाठ सिकेर जाने बताए ।
लेनिन र माओपछी संसारमा सर्वहारा क्रान्ति हुन नसक्नु मुख्यत वैचारिक समस्या रहेको बताए ।विप्लवले विचारमा विकास गरेर मात्र आजको विश्वमा सर्वहारा क्रान्ति हुन सक्ने बताए ।
नेपालमा अहिले आफनो पार्टीको नेतृत्वमा नयाँ विचार एकीकृत जनक्रान्ति आएको भन्दै यही विचारबाट नेपालमा क्रान्ति हुने विप्लवको दाबी थियो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कडेल, नेकपा मसालका सचिव हिमलाल पुरी, वामपन्थी विश्लेषक सुरेन्द्र केसी र पूराना वामपन्थी नेता हिरण्यलाल श्रेष्ठलगायतले पनि बोलेका थिए ।

कार्यक्रममा सहभागीहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार