नेकपा (माओवादी) कैलालीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै ईलाका वन कार्यालय अत्तरियाका सहायक वन अधिकृत कृष्णबहादुर बोहरालाई कालोमोसो दलकाे छ ।

पटकपटक सुध्रिन दिएकाे चेतावनीलाई बेवास्ता गरेकाले जनकारवाही स्वरुप कालाेमाेसाे दलेकाे बताएकाे माअाेवादी कैलालीले बताएकाे छ ।
बोहराले सरकारी जग्गा अतिक्रमण गर्नेहरूसँग साँठगाँठ गरी पैसा असुल्ने गरेको, अवैधानिक तवरबाट काठ संकलन गरी घरमा लुकाएर राखेको,आर्थिक चलखेल गरी सरूवा भएको ठाउँमा नगए,विभिन्न सामुदायीक वनबाट काठ र पैसा असुल्ने गरेकाले कालाेमाेसाे दलेकाे माअाेवादीले बताएकाे छ ।
जिल्लाका भ्रष्टाचारीलाई कार्वाही गर्ने पार्टीकाे नीतिअनुसार बाेहरलाई कालाेमाेसाे दलेकाे माअाेवादीका कैलाली सेक्रेटरी शेरबहादुर देउवाले बताए ।
अनलाइनडबलीबाट







