वामपन्थी विश्लेषक डा. सुरेन्द्र केसीले माओवादी जनयुद्धका सारा पुँजीलाई प्रचण्डले लिलाम गरेको गंभीर आरोप लगाएका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहाससम्वन्धी विषयमा पीएचडी समेत गरेका वामपन्थी विश्लेषक डा. केसीले  क्रान्तिकै नाममा प्रचण्डले राष्ट्रघात गरेको अर्को गंभीर आरोप समेत लगाए ।

विप्लव माओवादीको केन्द्रीय अन्तराष्ट्रिय विभागले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. केसीले यस्तो आरोप लगाएका हुन् ।

‘प्रचण्डले जनयुद्धको त्यति ठूलो पुँजीलाई लिलाम गर्दासमेत तपाईहरु कसरी सहेर बस्न सक्नु भयो ?’ कार्यक्रममा माओवादी नेता- कार्यकर्ताहरुप्रति प्रश्न गर्दै डा. केसीले भने- ‘जनयुद्धको सिद्धान्तबाट पतन हुँदा प्रचण्ड -बाबुराम आज कुुहेको फर्सीजस्तै पतन भए ।’

यही बुर्जुवा र पूरानो संसदीय व्यवस्थाभित्र प्रधानमन्त्री बन्नका लागि प्रचण्डले त्यत्रो दश वर्षे जनयुद्ध लड्न आवश्यक नरहेको डा. केसीको भनाई थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा सिद्धान्त र व्यवहारबीच निकै ठूलो अन्तर रहेको भन्दै डा. केसीले प्राय कम्युनिस्ट नेताहरु माक्र्स, लेनिन र माओको सिद्धान्तभन्दा बाहिर गएको आरोप लगाए ।

अब नेपालमा हुने क्रान्ति कस्तो होला र त्यो क्रान्तिले पुनः धोका नदिने ग्यारेन्टी के हुन सक्छ भन्दै उनले विप्लवलाई प्रचण्ड बाबुरामको जस्तो बाटो नअपनाउन सुझाव दिए ।

सोही कार्यक्रममा पूराना वामपन्थी नेता हिरण्यलाल श्रेष्ठले प्रचण्ड ठूलो क्रान्तिको नेतृत्व गरेर अहिले लम्पपसारवादमा पतन भएको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार