नयाँ शक्ति केन्द्रीय परिसद सदस्य सरु सुनार आज सो पार्टी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरिकी छिन् ।

आज काठमाडौंमा विप्लव माओवादीद्धारा आयोजित एक कार्यक्रमार्फत उनी बाबुरामको नयाँ शक्ति छोडेको घोषणा गरेकी हुन् । उनलाई नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
केही समयअघि काठमाडौंको कुनै एक कार्यक्रममा बाबुरामसँग सँगै रहेको बेला उनले आफ्नो प्रतिभा देखेर नयाँ शक्तिको केन्द्रीय परिषदमा नाम राखेको तर आफु सो पार्टीमा कहिल्यै सक्रिए नभएको बताइन ।
बाबुरामको नयाँ शक्तिमा भ्रष्ट, दलाल र एनजिओहरुको मात्र हालिमुहाली भएको भन्दै उनले नयाँ शक्तिसँग वर्गीय र जातीय मुक्तिको कुनै ठोस कार्यक्रम नभएको आरोप लगाइन ।
प्रवेशपछि उनले देशमा देखा परेको वर्गीय, जातीय र लिंगीय समस्याको समाधान विप्लव माओवादीबाट मात्र हुने बताइन ।








