विश्व सर्वहारा वर्गका महान् नेता एवं चिनियाँ क्रान्तिका नायक माओको १२४ औं जन्म जयन्तीको अवसरमा माओको जन्म घर शाओसानमा माओजस्तै आकृति मिल्ने मान्छे देखिएका छन् ।

माओजस्तै देखिने ती मान्छेको बीचमा उभिएका छन् ।
यो तस्बिर देखेपछि धेरैलाई अनौठो लाग्ने खालको छ ।
माओजस्तै देखिने एक जना मान्छे माओको जन्म जयन्तीमा अरु मान्छेको बीचमा देखिएका छन् । ठ्याक्कै माओजस्तै अनुहार, टाउको र कपाल पनि उस्तै देखिने ती मान्छेको उपस्थितिले धेरैलाई अन्योल पार्ने खालको छ ।
डिसेम्बर २६ का दिन माओको जन्म घर शाओसानमा आयोजित एक कार्यक्रम माओजस्तै देखिने ती मान्छे देखा परेका हुन् ।वास्तवमा माओजस्तै देखिने ती मान्छे माओ नभएर माओको अनुहार मिल्ने एक चिनियाँ मान्छे हुन् ।
चीनमा सन् १९७६ मा माओको निधनपछि माओजस्तै अनुहार भएका धेरै मान्छेले फिल्म र अरु कयौं कार्यक्रममा आफ्नो उपस्थिति देखाउने मौका पाउने गरेका छन् ।

माओजस्तै देखिने ती मान्छे अर्को ठाउँमा पनि बीचमा उभिएका छन् ।

माओको जन्म जयन्तीको अवसरमा माओका एक अनुयायी

माओको जन्म जयन्तीको अवसरमा माओका अर्का एक अनुयायी







