माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु लामो समय सरकारमा रहने र निकास पनि निकाल्ने गरि उनले नयाँ प्रस्ताव अघि सारेका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेसलाई क्रस गरेर उनले त्यो प्रस्तावमा विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल चलाउँदैछन् ।

संविधान संसोधन प्रस्ताव स्थगित गरेर चुनावको मिति घोषणा गर्ने र सहमतिको सरकार बनाएर संसोधनलाई अघि बढाउने गरि उनले प्रस्ताव अघि सारेका छन् । तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा गर्ने उनको प्रस्ताव छ ।

कांग्रेस र माओवादी केन्द्रबीच नौ महिनामा नेतृत्व हस्तान्त्रण गर्ने सहमति भएको छ । ‘पार्टीभित्र प्रस्तावमा छलफल भइसकेको छ’ एक नेताले भने, ‘अब एमालेसँग छलफल गरेर सकारात्मक संकेत पाएपछि प्रधानमन्त्री त्यसमा अघि बढ्नुहुनेछ । ’

संविधान संसोधन, सनिर्वाचन, महाअभियोग र सत्ता साझेदारी चारवटा विषय प्याकेजमा अघि बढाउने प्रचण्डको प्रस्ताव छ । आजै एमाले अध्यक्ष ओलीसँग छलफल हुने स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार