नेकपा(माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, नारायणी ब्युरो गठन भएको छ ।

पारश ठाकुरको संयोजकत्वमा गठन भएको सो ब्युरोका सदस्यहरुमा गोविन्द खरेल, दिल मोहम्मद अन्सारी, ब्रह्मदेव दास र मोहन शाह रहनुभएको छ ।
उक्त अवसरमा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया र नेकपा(माओवादी) का केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो इन्चार्ज चिरन पुनले सांस्कृतिक तथा राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
साथै, ब्युरोस्तरीय सांस्कृतिक परिवारका लागि पहल गरिने भएको छ । माघमा वीरगञ्जमा बृहत कवितागोष्ठी गर्ने निर्णय पनि लिइएको छ ।







