१३ पुस, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोध गर्दै आएको एमालेसहित विपक्षी ९ दलले २२ गते शक्ति प्रदर्शनसहित भृकुटीमण्डपमा विरोध सभा गर्दैछन् । उक्त कार्यक्रममा एमालेले २२ गतेको विरोध प्रदर्शनमा एक संगठित सदस्य बराबर तीन जना ल्याउन उर्दी जारी गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले विरोध प्रदर्शनमा जनताको व्यापक सहभागिता बनाउने निर्णय गरेको छ । र, पार्टी केन्द्रीय सदस्य, सांसद र अन्य नेतृत्वलाई जिम्मेवारीसहित जिल्ला र उत्पत्यकाका निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

एमालेले उपत्यकाका सबै संगठित सदस्यलाई विरोध सभामा अनिवार्य सहभागी हुने निर्देशन दिएको छ । ‘साथै एक संगठित सदस्यले कम्तिमा अन्य तीन जनालाई विरोध प्रदर्शनमा सहभागी गराउने जिम्मेवारी दिइएको छ,’ सचिव योगेश भट्टराईले भने – काठमाडौं उपत्यकामा मात्र ५० हजार संगठित कार्यकर्ता छन् । उसले दिएको निर्देशन अनुसार २२ गते उपत्यकाबाट मात्र २ लाख मानिस सडकमा देखाउन पर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार