दलाल, राष्टघाती एवं जनघाती सरकारले जनताको ढाड सेक्नेगरी गरेको मुल्यबृद्धिको विरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज राजधानीका विभिन्न ठाउँमा मशाल जुलुश सम्पन्न गरेको छ ।

विप्लव माओवादी जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा गरिएको मशाल जुलुश काठमाडौंको नयाँ वसपार्कको आकाशे पुलको मुनिबाट शुरु भई माछापोखरी पुगेर समापन भएको थियो ।

त्यसैगरी विप्लव माओवादीले ललितपुर र भक्तपुरमा पनि मशाल जुलुश सम्पन्न गरेको विप्लव माओवादीका उपत्यका व्युरो इन्चार्ज सन्तोष बुढामगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार