जंग रेउले घोराही, १२ पुस ।
नेत्र विक्रम चन्द विप्लव) नेतृत्व माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी घोराही महेन्द्र बहुमुखी क्याम्पसले माओको १२४ औं जन्मजयन्तीको अवसरमा सोमबार मा ५ औं पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकमा केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष हेमन्त जिसीको अध्यक्षता एवं केन्द्रिय सचिवालय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समिति संयोजक नरेन्द्र वि.क.को प्रमुख अतिथ्यता तथा नेकपा माओवादीका) दाङका कार्यालय सदस्य सविन पोख्रेलको विशिष्ट आतिथ्यतामा साधारण शाखा सेक्रेटरी तिलक पुन र सदस्य सुदिपको उपस्थितिमा मदन केसीको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन भएको हो ।
बैठकमा प्रमुख अतिथि विकले “आसन्न स्ववियु चुनावमा कुनै पनि मूल्यमा क्रान्तिकारी को हस्तक्षेत र नेतृत्व हुनपर्नेमा जोड दिएका हुन । अखिल क्रान्तिकारी निती र दृष्टिकोण कार्यक्रम विद्यार्थीका विचमा प्रस्तुत गर्न आवश्यक रहेको बताए । नेता आ–आफ्नो कार्यक्षेत्रमा निर्धक भएर लाग्नु पर्ने तथा विद्यार्थीहरुको हक र अधिकार को लागि रगतको कोटा चुक्ता गर्दै आएको तर आवश्यक परे जस्तोसुकै त्याग, बलिदान र समर्पन गर्न तयार रहनु पर्ने बताएका थिए ।”
बैठकले जिल्लामा रहेका साथिहरुलाई कार्यगत आधारमा तथा अर्काे ठाउँमा जिम्मेवारी लिने गरेर विधाई गरेको छ । जसमा दाङ जिल्लाका अध्यक्ष हेमन्त जिसी, उपाध्यक्ष प्रितिमा चौधरी, जिल्ला कोषाध्यक्ष जोखिम ओली, शेर बहादुर चौधरी, सुरेश बस्नेत, अमृत रेउले, सुमन शाही र पूर्ण सुनार लाई विधाई गरको थियो । त्यसै गरी बैठकले अनिल केसी, अम्मर खडका, युवराज वली, शिवराज वली , विमला घिमिरे, कृष्टि चौधरी, हिमाल महरा, सलमान खान, भानुभक्त केसी, प्रविन शर्मा, गोपाल रोका, प्रतिमा थापा, सचिन खडका र स्मृति सुवेदी लाई जिल्ला सम्मेलन आयोजक समिति चयन गरिएको हो ।
बैठकले फागुन २४ गतेको जिल्ला सम्मेलनको मिति तोकेको छ । अनिल केसीलाई जिल्लाको आर.एस.वि. संयोजक तोकिएको छ । सम्मेलन तयारीको लागि विभिन्न विभागको आधारमा क्षेत्रमा कार्य विभाजन पनि गरको थियो । जसमा क्षेत्र नं.१ म ओमप्रकाश चौधरी र संग्राम पुन, क्षेत्र नं.२ मा किसन वली र अर्जुन केसी, क्षेत्र नं.३ मा राजेश बस्नेत, विनोद चन्द, हिमराज डांगी, ज्ञान बहादुर यादव र बिर बहादुर बोहरा, क्षेत्र नं.४ मा युवराज वली र शिवराज वली, क्षेत्र नं.५ मा हेमन्त प्रकाश वली र प्रकाश वली रहेका छन ।
त्यसैगरी छात्रा विभाग प्रमुख सुस्मा केसी र गरिमा चौधरी, खेलकुद विभागमा संजय डाँगी, अतिरिक्त क्रियाकलापमा प्रकाश वली, सञ्चार विभागमा जंग रेउले र हिमाल महरा , सि.टी.भि.टी. विभागमा डिल्लीराज भण्डारी र जिल्ला संयोजक सहयोगी अम्मर खडका रहेका छन ।
उक्त बैठक निलम्वित अख्तिार प्रमुख लोकमान सिंह कार्की लाई कालोमोसो दली कारवाही गर्ने संगठनका पूर्व दाङ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश शाही र चन्द्र बुढा प्रति समान्न प्रकट गर्दै तत्काल रिहाईको माग गरेको छ







