अहिले सिंगापुरमा पूर्व राजा ज्ञानेन्दै शाह रणनीति योजनासहित अघि आउने तयारीमा रहेका छन् ।

पटक पटक सिंगापुरमा पुगिरहेका पूर्व राजा ज्ञानेन्द्र त्यहाँ अहिले भारतीय र चिनियाँ विश्लेष थिङक ट्याङ्कसँग छलफल गरिरहेका छन् । स्रोतका अनुसार उनी नेपालमा आफुले चाल्ने कदमका विषयमा चीन र भारतको विश्वास लिएर अघि बढ्ने तयारीका सिलसिलामा छलफलमा जुटेका छन् ।
यसअघि पनि उनले सिंगापुर भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत एस जय शंकर र प्रमुख सुरक्षा सल्लाहाकार अजित दोभाल सहित उच्च स्तरीय भारतीय राजनैतिक टोलीसँगको भेटवार्ता गरेका थिए ।
त्यस लगत्तै उनी चीन गएका थिए । सिंगापुरमा पूर्व राजा ज्ञानेन्द्रको नेपालको राजनैतिक अस्थिरताका कारण भारत र चीनको सुरक्षामा खतरा उत्पन्न भएको चन्दै नेपाललाई हिन्दू अधिराज्य सहितको एजेण्डामा छलफल चलाइरहेका छन् ।
ज्ञानेन्द्र निकट स्रोतका अनुसार चिनीयाँहरुले नेपालमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र र हिन्दू अधिराज्य कायम हुनुपर्ने र त्यसमा चीन सरकारको समर्थन रहने भन्दै उनी अहिले भारतको लविङमा लागेका छन् । यसअघि उनले चीनमा रहँदा चिनियाँ राष्ट्रपतिसँग पनि भेट गरेको स्रोतको दावी छ । सिंगापुरमा अहिले उनी भारतीय ‘मिशन’ र चीनिया मिसन टोलीसँगको छलफलमा छन् ।
२०६१ माघ १९ को कदमबाट पाठ सिकेका ज्ञानेन्द्र अब दुई छिमेकीको सहयोगमा अगाडी बढ्ने योजनमा छन् । २०७४ माघसम्म् तीनै तहको चुनाव नहुने र संकट निम्क्तिे आकलन सहित त्यसका लागि उनी बाटो बनाइरहेको एक पूर्व राजपरिवार निकटका व्यक्तिले बताए ।
‘संविधान कार्यान्वयन नभए राजनैतिक द्वन्द्व बढ्ने, मधेश आन्दोलन चर्किने, संवैधानिक निकायहरुमाथि प्रहार हुने देखिन्छ ।’ ज्ञानेन्द्रका एक सहयोगीले भने, ‘ अब रणनीति योजना अनुसार नबढी हुन्न भन्ने निस्कर्षका साथ पूर्व राजाको सिंगापुर, भारत चीनको यात्रा भइरहेको छ । ’
ज्ञानेन्द्रले सिंगापुरलाई राजनीतिक ट्रान्जिन बनाइरहेका छन् ।







