आउदो फाल्गुन एक गते काठमाडौ खुल्ला मञ्चमा नेकपा(माओवादी)ले लाखौ जनताका माझ आठौ राष्ट्रिय महाधिवेशनको उदघाटन गरेर बन्दसत्रका लागि जनयुद्दको उदगम थलो क्रान्तिकारी भुमि रोल्पाको थबाङको भूमि रोजेको छ ।

झण्डै एक हजार प्रतिनिधि पर्यवेक्षकसहितको पार्टी हेडक्बाटर थबाङ लाग्दैछ ।

थबाङ क्रान्तिकारी आन्दोलनको एउटा विशेष महत्व राख्ने र दश वर्षे जनयुद्दको एउटा विशिष्ट महत्व बोकेको भुमि हुनुको नाताले पनि माओवादीले बन्द सत्रका लागि थबाङ रोजेको छ ।

हिजो सँगै जनयुद्ध लडेका एकथरि माओवादीहरु सरकारमा छन् । केही झुन्डहरु तितरबितर छन् भने जनयुद्धकालका केही विशिष्ट ब्यक्तित्वहरु भने मुख्य नेतृत्वले गद्दारी गरेको भन्दै नया शिराबाट अपुरो क्रान्तिलाई पुर्णता दिन एकीकृत जनक्रान्तिको कार्यदिशालाई अंगीकार गरेर क्रान्तिको मार्ग तयार गर्दैछन् ।

उसो त पुराना ससंदवादी शक्तिहरुले माओवादीलाई पुरै ठेगान लगाएको र घेराबन्दीमा पारेर माओवादी सिद्दयाउने रणनिति बनाई राख्दा एउटा ठुलो पक्ति संसदवाद नस्वीकार्ने भन्दै जब बहिष्कारमा उत्रे तब संसदवादी शक्ति तिरमिराउन शुरु गरे ।

अब विप्लपले नेतृत्व गरेको माओवादीले थबाङको कोर्ष उदघाटन गरेर जब जनताको बीचमा तब एकचोटि जादैछ नेपाली राजनीति अबश्य फरक ठाउमा पुग्ने देखिन्छ ।

संसदीय पार्टीका गतिबिधि र चालचलनले जनता आजित छन्, दिक्क छन् र निराश छन् । केही हुल मान्छेहरु सताको जुठो चोखो खाएर लोकतन्त्रको भजन गाएका पनि छन् । तर यर्थाथ के हो भने संसदीय पार्टी विगत चार दशकमा न त कुनै महत्वपुर्ण काम गरेका छन् न त गर्नेवाला नै छन् ।

त्यसैले संसदवाद अन्त्यका लागि विप्लप माओवादीले थबाङबाट शुरु गरेको एउटा कोर्ष नेपाली राजनितिका लागि एउटा महत्वपुर्ण परिघटना बन्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार