नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले माओ दिवसको बारेमा चर्चा गर्दै बैठक सम्पन गरेको छ ।

मोर्चाको एघारौ अधिवेशनबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले निरज राइलाई केन्द्रीय समितिमा चयन गरेको छ । मोर्चाको केन्द्रीय समितिमा निरज राइलाई चयन् गरे सँगै कार्यसमितिले पनि पूर्णता पाएको छ ।

मोर्चाको अध्यक्ष मेख तमुको अध्यक्षतामा बसेको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक गतिबिधिको बारेमा पनि छलफल गरेको थियो । बैठकमा नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष तथा मोर्चाका सल्लाहकार बिष्णु भुजेलले चीनमा माओले क्रान्ति सफल पार्न खेलेको भूमिका र योगदानको चर्चा गर्दै नेपालमा अहिले चलिरहेको माओवादी आन्दोलनका सफलता र आन्दोलनले खानु परेका धक्का बारेमा सरल ढंगले प्रकाश परेका थिए ।

मोर्चाका सल्लाहकार प्रेम पाठकले माओ दिवसको सन्दर्भ र आबश्यकता बारेमा आफ्नो धारणा राखेका थिए । मोर्चाका महासचिव माकुना राइले सन्चालन गरेको पूर्ण कार्यसमितिको बैठकले अधिवेशन खर्च र बचत विवरण समेत पेश गर्दै अन्य विविध बिषयमा पनि छलफल गरेको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार