प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन्।

शुक्रबार काँग्रेस–मधेशी मोर्चाको बैठकमा सभापति देउवाले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक जसरी पनि पारित हुने ठोकुवा गरेका हुन्। बैठकमा देउवाले यसो भनिरहँदा मोर्चाका नेताहरुले प्रश्न तेर्साए,‘कसरी हुन्छ ?’ यो भन्न नपाउँदै सभापति देउवाले भने,‘कि त सोमबार प्रस्ताव टेबुल हुन्छ, नभए अर्को बैठकमा भएपनि टेबुल हुन्छ।

त्यसपछि प्रस्ताव पारित पनि हुन्छ र निर्वाचनको मिति पनि तय हुन्छ।’ बैठकमा काँग्रेस सभापति देउवा आज निकै स्पष्ट रुपमा प्रस्तुत भएका थिए ।

बैठकमा सहभागी मोर्चाका अधिकांश शीर्ष नेताहरु देउवाको यो अभिव्यक्तिलाई लिएर खुशी पनि भएको स्रोतले जनायो। देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मैले महाकाली सन्धि पारित गराएको हुँ, म त्यही मान्छे हुँ, त्यसैले यो संशोधन विद्येयकपनि दुईतिहाईले पारित हुने सुत्रहरु मसँग छन्, तपाईहरुले यसमा कुनै चिन्ता नलिनुहोस्, त्यसैले संशोधन प्रस्ताव पारित गराउन मलाई कुनै आईतबार कुर्नुपर्दैन्।’

त्यतिमात्रै नभए उनले मुलुकलाई बचाउनको लागि काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने भएकोले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नको लागि पनि विशेष भूमिका निर्वाह गर्ने जनाए। उनले अघि थपे,‘दुर्घट्नाबाट मूलुकलाई बचाउनको लागि चुनावमा जानैपर्छ, चैत्रमा नभएपनि आगामी ०७४ सालको बैशाखतिर भएपनि चुनाव गराएरै छाड्छौं।’

देउवाले फागुण/चैत्रसम्म एमालेले संसद अवरुद्ध गरिरहनसक्ने अनुमान समेत लगाएर आगामी बैशाखमा चुनाव गरिने दाबी गरेका हुन्। मधेशी मोर्चाका अधिकांश शीर्ष नेताहरुले सभापित देउवाको अभिव्यक्तिलाई खुलेरै प्रशंसा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार