क्रान्तिकारी धु्रवीकरणको नारा दिइरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी, मोहन वैद्यको क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंहको मसाल एक ठाउँमा उभिने भएका छन् ।

शनिबार काठमाडौंमा विप्लव माओवादीसहित मोहन वैद्य र मोहन विक्रम सिंहको पार्टी एक ठाउँमा उभिन लागेका हुन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविको प्रश्नमा विप्लव माओवादीसहित मोहन वैद्यको क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंहको नेकपा मसाल एकमत भएका छन् ।
‘जलस्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधिनता’ विषयक एक बृहत गोष्ठीमार्फत् यी तीन पार्टी एक ठाउँमा आएका हुन् ।
काठमाडौंको नयाँ वानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्स, बुद्धनगरमा हुने कार्यक्रम नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा मसालका नेता चित्रबहादुर केसीले आफ्नो पार्टीको मन्तव्य राख्ने छन् ।
नयाँ जनवादी क्रान्तिको कार्यक्रममा एकमत भएका यी तीन कम्युनिस्ट पार्टी वैचारिक रुपमा पनि धेरै टाढा नरहेको विश्लेषण गरिन थालेको छ ।








