जलस्रोतविद रत्नसागर श्रेष्ठले काठमाडौंमा भइरहेको मुक्त लोडसेडिङ भारत पराश्रित भएको भन्दै कुलमान घिसिङलाई वाहीवाही दिनुको अर्थ नभएको बताएका छन् ।

भारतबाट बिजुली किनेर काठमाडौंमा भइरहेको मुक्त लोडसेडिङ अस्थायी भएकोले स्थायी मुक्तिका लागि स्वदेशी जलविद्युतलाई प्राथममिकता दिनु पर्ने श्रेष्ठको जिकिर छ ।
काठमाडौंमा विप्लव माओवादी, वैद्य माओवादी र मोहन विक्रम सिंहको मसालद्धारा आयोजना गरेको ‘जलस्रोतमाथि भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधिनता’ विषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
‘हामी अहिले कुलमान घिसिङको काठमाडौंमा मुक्त लोडसेडिङलाई वाहावाही गरिरहेका छौं ।’ उनले भने- ‘अहिले नै वाहावाही गरेर काठमाडौंमा स्थायी मुक्त लोडसेडिङ हुने देखिदैन । किनभने हामीसँग स्वदेशी जलविद्युत नै छैन ।’
नेपालमा भारतीय नाकाबन्दीले देशलाई तहसनहस बनाएको उदाहरण पेश गर्दै जलस्रोतविद श्रेष्ठले भोली भारतबाट जलविद्युत लिदा भारतले विद्युतको लाईनमा नाकाबन्दी गरे नेपालले त्यो बेला के गर्ने भनी प्रश्न गरे ।
देशमा मुक्त लोडसेडिङका लागि स्वदेशी साना तथा ठूला जलविद्युत उत्पादन गर्नमा राज्यले जोड गर्नु पर्ने बताए ।







