‘अमेरिका इराकमा कहिल्यै सफल हुँदैन, किनकि अमेरिका इराकको भाषा जान्दैन । यहाँको इतिहासलाई पनि बुझ्न सक्दैन । अरबका मानिसलाई पनि उसले बुझ्न सक्दैन’ ।

यी कुरा सद्दाम हुसेनले आफूलाई पक्रिएपछि अमेरिकाका सीआईए एजेन्ट जोन निक्सनसँग बताएका थिए ।
त्यसबेला सद्दाम हुसेनको कुरालाई अमेरिकाले कुनै महत्व दिएन । आफ्नो अहंकार र युद्ध उन्माद बोकेको अमेरिकाले इराकमा हमला गर्यो । सद्दाम हुसेनलाई ३० डिसेम्बर अर्थात हिजोको दिन सन् २००६ मा फाँसी दिएर मारिदियो ।
इराकमा फेल भएको अमेरिका
अमेरिकाले आक्रमण गरेपछि इराकको हालत झन् बिग्रँदै गयो । आज पनि सद्दामको याद इराकका मानिसबीच जीवितै छ । एक तानाशाही शासकका रूपमा सद्दामले पूरा इराकमा एक भय पक्कै पैदा गरेका थिए तर उनको मृत्युपछि इराकको अवस्था झनै बिग्रँदै गयो ।
सद्दामलाई मारेपछि आएका अमेरिकाका कठपुतली सरकारको लगातारको विफलताले इराकमा शासन गर्नका लागि सद्दाम हुसेन जस्तै राष्ट्रपतिको खाँचो रहेको पुष्टि गरिसकेको छ।
यो कुरा जोन निक्सनले पनि आफ्नो किताबमा लेखिसकेका छन् । निक्सनले पनि इराकमा अमेरिकाले गल्ती गरेको स्वीकार्दै शासन गर्न सद्दाम हुसेनलाई जीवितै छाडिएको राम्रो हुने तर्क अहिले गरेका छन् ।
अन्तरवार्तामा सद्दाम हुसेनले के भनेका थिए ?
जुन सामूहिक विनाश हतियारको हवाला दिँदै अमेरिकाले इराकमा हमला गरेको थियो, ती हतियार भेटिँदै भेटिएनन् ।
२४ फेब्रुअरी २००३ मा सद्दाम हुसेनले सीबीएस टीभीलाई दिएको एक अन्तरवार्तामा सद्दामले भनेका थिए, ‘इराकसँग कुनै पनि सामूहिक विनाश हतियार छैनन् । जति थिए, ती सबैलाई नष्ट गरिसकिएको छ । यसबारेमा इराकमा झुठ फैलाइएको छ ।’
यो कुरा सद्दाम हुसेनले सन् २००३ मा अमेरिकाले इराकमा हमला गरेको एकसाता अघ बताएका थिए ।
दस वर्षपछि इराकको अवस्था: सद्दामलाई फाँसी दिएपछि आज पनि इराकको अवस्था सामान्य छैन । इस्लामिक स्टेटको त्रास इराकका मानिसको मनमा बसेको छ।
आईएसआईएसको दबदबा र सामूहि चिहान

उत्तरी इराकको मोसुलमा आज पनि आईएसआईएसको दबदबा छ । इराक “बडी काउन्टको डाटा” को रिपोर्ट अनुसार त्यहाँ हिंसाका कारण सन् २०१४ मा २० हजार भन्दा धेरै मानिसको ज्यान गयो ।
त्यसैगरी सन् २०१४ १८ हजार मानिस मारिए । यो वर्षको तथ्याङ्क आइसकेको छैन तर पनि १५ हजार भन्दा धेरै मानिसहरु मारिएको बताइन्छ ।
डिसेम्बर महिनासम्म १५ हजार भन्दा धेरै मानिस मारिएको बताइएको छ । अहिले इराक र अमेरिकाको सैनिकको संयुक्त सैनिक कारबाहीका क्रममा मोसुलमा आईएसआईएसलाई ठूलो क्षति पुगेको छ ।
सद्दाम हुसेनबारे के सोच्छन् इराकी ?
सीएनएनले इराकका कयौँ मानिससँग सद्दाम हुसेनको बारेमा प्रश्न गरेको थियो । सद्दाम हुसेनलाई लिएर इराकका मानिसले अलग अलग प्रतिक्रिया दिएका थिए ।
अमिना अहमदले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘सद्दाम हुसेन तानाशाह जरूर थिए तर उनलाई फाँसी दिनु पुरै इराकलाई फाँसी दिनु जस्तै थियो ।’
अमीनाका अनुसार इराकका राष्ट्रपति सद्दाम हुसेनलाई बाहिरबाट आएर फाँसी दिनु गलत थियो । ‘अर्को देशबाट आएर एक राष्ट्रपतिलाई यस तरिकारले फाँसी दिनु बेठकी थियो ।’
२३ वर्षीय जैद रिदाले भने जुन दिन सद्दामलाई फाँसी दिइयो त्यो दिन आफ्नो परिवारका लागि खुसीको दिनका रुपमा प्रतिक्रिया दिएका छन् । सद्दाम हुसेनको शासनकाल अवधिमा रिदाको परिवारले धेरै नोक्सानी व्यहोर्नुपरेको थियो ।
इराकी नागरिक सुरूङले सद्दाम हुसेनले शिया र सुन्नीबीच घृणा पैदा गरेपनि जुन तरिकाले उनलाई फाँसी दिएको कुरा सञ्चारमाध्यममा देखाइयो त्यो गलत भभएको प्रतिक्रिया दिएका छन् ।
सुरूङले १० वर्षअघिको कुरा सम्झिँदै भने, ‘जब सद्दामलाई फाँसी भयो तब मानिस धेरै खुसी थिए र उनीहरु हावामा फायरिङ गरिरहेका थिए । यो अदालतको निर्णय थियो र सही पनि थियो तर मानिसहरुले जसरी खुसी मनाए त्यो गलत थियो ।’
सद्दाम गएपछि धर्मका नाममा मारिए लाखौँ

निवेनेले सीएनएनसँग कुरा गर्दै सद्दामलाई फाँसी दिँदा आफू १८ वर्षकी रहेको बताउँदै टीभीमा सद्दामलाई मारेको देखाउँदा आफूलाई नमज्जा लागेको उल्लेख गरन् ।
‘सद्दाम हुसेनलाई फाँसी दिइएको घटनाले म धेरै दुखी भएँ । फाँसीका क्रममा मेरा परिवारमा रुवाबासी चलेको थियो’, उनले भनेकी छन्, ‘सद्दाम हुसेनले हाम्रो परिवारमा कुनै नोक्सानी पुर्याएका थिएनन् । सद्दामले यस्ता कयौँ गलत काम गरे, जुन गर्नुहुँदैनथ्यो तर इराकमा शासन गर्न हामीलाई सद्दाम जस्तै शासकको जरुरी छ ।’
सद्दामको पालामा मुस्लिम मात्रै होइन ईसाईलाई पनि कुनै क्षति पुर्याउन अनुमति नदिएको उनको तर्क थियो । ‘म र मेरा परिवार मुस्लिम नभई ईसाई हौँ, सद्दामले आफ्नो शासनकालमा ईसाई मानिसहरुलाई पनि आक्रमण गर्न कुनै अनुमति दिएका थिएनन्’, उनले भनेकी छन्, ‘तर अहिले हालत खराब भएको छ । ईसाई धर्मका मानिसलाई धमाधम मारिँदैछ । र, घरबाट निकालेर लखेटिँदैछ ।
एजेन्सीको सहगोगमा कारोबारबाट







