इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ।

शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका हुन्।

‘लेबनानमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ,’ उनले लेखेका छन्।

हर्मुज खोलेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्रुथ सोसियलमार्फत धन्यवाद दिएका छन्।

‘इरानले भर्खरै स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाएको र सबै आवतजावतका लागि खुलाएको घोषणा गरेको छ,’ उनले लेखेका छन्।

बिहीबार मात्रै इरानले हर्मुजको ओमानतर्फको जलमार्गबाट आवतजावत गर्ने प्रस्ताव अघि सारेको थियो।

ट्रम्पले गत साता हर्मुज नखोले नाकाबन्दी लगाउने चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार