नेकपा (माअाेवादी) का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले अाजकाे क्रान्तिको बाटो एकीकृत जनक्रान्तिकाे बाटो नै भएको बताएका छन् ।

उनले अहिलेकाे समस्या समाधान गर्न संसदीय व्यवस्था पूर्ण असफल भइसकेकाले एकीकृत जनक्रान्ति अाजकाे अावश्यकता भएको बताए । नेकपा (माअाेवादी) दाङकाे शनिबार अाठाैं जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै  यस्ताे बताएका हुन् ।

‘यतिबेला गाेहीका अासुँ झारेर होइन गम्भीर भएर साेंच्ने बेला अाएकाे छ, प्रतिक्रियावादीहरु सलबलाई राखेका छन्’ सुदर्शनले भने- ‘हाम्रो पार्टीलाई उत्पीडित वर्ग तथा देशभक्तिहरुले अाशा र भराेसाका साथ हेरिरहेका छन्, त्यसैले वर्गीय संघर्षमा जाेड गराैं ।’

अहिलेकाे विज्ञानकाे विकासअनुसार मार्क्सवादकाे विकास नै अाफूहरुले गर्न खाेजिराखेकाे बताउदै उनले एकीकृत जनक्रान्तिकाे कार्यदिशालाई पार्टीको महाधिवेशनले थप समृद्ध पार्ने विश्वास व्यक्त गरे । नेकपा (माअाेवादी) दाङका सेक्रेटरी शित्तलकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विप्लवले दलाल निगम पुँजीवादलाई परास्त नगरिकन परिवर्तन असम्भव रहेकाले त्यसैका विरुद्ध अाफूहरु संघर्ष गरिरहेकाे बताए ।

प्रतिक्रियावादीहरुले परिवर्तनको अावाजलाई जवरजस्त दबाई अशान्ति मच्चाउन खाेजिराखेकाले अामूल परिवर्तनका लागि क्रान्तिमा हाेम्मिन सबैलाई विप्लवले अाग्रह गरे ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सम्झना घर्ती, दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सिता वि.क., शहिद तथा वेपत्ता परिवारका रामबहादुर थापा लगायतले बाेलेका थिए ।

पार्टीका जिल्ला कार्यालय सदस्य विक्रमले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे सञ्चालन कार्यालय सदस्य सविन पोख्रेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार