बुटवलमा स्रस्टाहरूले आफ्नो कविताका माध्यमबाट परिवर्तनका आवाज गुञ्जाएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा आयोजित ‘सिर्जनामा पविर्तनका स्वरहरु’ शीर्षकमा स्रष्टाहरूले आफ्ना सिर्जनात्मक आवाज गुञ्जाएका हुन् ।
उक्त कार्यक्रममा दिल साहनी, रामचन्द्र भट्टराई, अजम्बरध्वज खती, चतुर्भुज आत्रेय, डा. शिवशंकर बस्याल, गिरी श्रीस मगर, कविराज पौडेल देवेन्द्र घिमिरे, तारा प्रसाद श्रेष्ठ, डा. शिव पा्ेडेल, निशान पटेल, लिला राना, प्रेम विक, जयन्तीथापा, विकास केसी, ज्ञानु केसी, प्रकाशसिंह राना, गंगाराम कहाँर, गणेश खनालले आ–आफ्ना शक्तिशाली कवितावाचन गरेका थिए ।
सो अवसरमा संगठनका तत्कालीन अध्यक्ष महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ का अमर कविताहरू पनि वाचन गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज कमरेड वीरजंगले राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बेला लेखक तथा साहित्यकारहरू जुर्मुराउँदै राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त कार्यक्रमा अतिथिहरू वरिष्ठ माक्र्सवादी चिन्तक दिल साहनी, प्रगतिवादी कवि रामचन्द्र भट्टराई तथा प्रलेस रुपन्देही शाखाका अध्यक्ष देवेन्द्र घिमिरेले संक्षिप्त रूपमा विचारोत्तेजक मन्तव्य पनि राखेका थिए ।
उक्त कार्यक्रमा रक्तरञ्जित सांस्कृतिक परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो ।
सयौं जनसमुदायको उपस्थिति रहेको सो भव्य कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो प्रमुख खोमा तरामु मगरले गर्नुभएको थियो ।







