देशको अर्थतन्त्र सुधार्ने ठाउमा पुगेका अर्थमनत्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न छाडेर आफ्नै व्यक्तिगत स्वार्थमा लिप्त भएर लागेको भन्दै पार्टी भित्रैबाट उनको आलोचना सुरु भएको खबर छ ।

मन्त्री महरामाथि पदको दुरुपयोग गर्दै अपारदर्शी ढंगले आर्थिक गतिविधि अगाडि वढाएको आरोप छ । विवादस्पद व्यक्तिलाई च्यापेर मन्त्री महरा संदिग्ध आर्थिक गतिविधिमा सामेलa भएपछि पेरिसडाँडा वरपरसमेत यसको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार, अर्थमन्त्री महराले काठमान्डौँ मूलपानीका विवादास्पद हुन्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर यतिबेला आर्थिक संकलनलाई भूमिगत शैलीमा तीव्रता दिइरहेका छन् । त्यसका लागि महराले काठमाण्डौँको अनामनगरमा एउटा गोप्य कार्यालय समेत स्थापना गरेको माओवादी केन्द्र स्रोतबाट थाहा भएको छ ।

अनामनगरमा खोलिएको सोही कार्यालयबाट पछिल्लो समय तिवारीले महराको ‘मतियार’ बनेर आर्थिक संकलन गरिरहेको दावी स्रोतको दावी छ । स्रोतका अनुसार तिवारीले कर्मचारीको सरुवादेखि अर्थमन्त्रालयसँग सम्बन्धित काममा सेटिङ मिलाएर रकम असुलिरहेका छन् ।

देशको अर्थतन्त्र सुधार्ने महत्वपुर्ण जिम्मेवारीमा पुगेका नेता महरा आफ्नो र आफु निकटका व्यक्तिहरुको स्वार्थपुर्तिका लागि सम्पुर्ण शक्ति प्रयोग गरेर लागेका छन् । माओवादी निकट स्रोतले भन्यो, त्यसका लागि महराले अवैध कारोवार हुण्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर उठौती-पुठौतीका निम्ती अनामनगरमा कार्यालय नै स्थापना गरेका छन् ।

विगतमा माओवादी जनयुद्ध सञ्चालनमा हुदा पसिना समेत नबगाएका, बरु मलेसियामा बसेर सयौं नेपालीलाई अलपत्र पारेका हुण्डी व्यवसायी तिवारीलाई च्यापेर महरा अपारदर्शी धन्दामा लागेपछि महरा माओवादी कार्यकर्ताहरुकै तारो बन्न थालेको कुरा पुर्व अर्थमन्त्री तथा माओवादी युवा नेता वर्षमान पुन निकट कार्यकर्ताहरुले विगतमा कमाएको बदनामीले अलिअलि बचेखुचेको साख पनि महराले यो पटक कन्त्री भएर सक्ने भए भन्दै दिग्दारी व्यक्त गर्न थालेका छन् ।

माओवादी केन्द्रका एक कार्यकर्ताले महराले अर्थमन्त्री भएर पार्टीलाई थप बदनाम गराएको भन्दै उनको कार्यशैलिप्रति असन्तुष्टि पोखे ।

आजको साघु साप्ताहिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार