भारतीय सरकारले देशको मुख्य चुनौती नक्सलवाद अर्थात् भारतीय माओवादी भएको बताएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतमा आयोजित एक कार्यक्रममार्फत यस्तो चुनौतीबारे बोलेका छन् । मोदीले नक्सलाइट (माओवादी)सँगै जम्मु कश्मिरमा परेको विवाद अर्को चुनौती भएको बताएका छन् ।

भारतीय टेलिभिजनआजतकमा सोमबार मोदीले नयाँ वर्षको आरम्भसँगै भारतको मुख्य समस्या र चुनौतीबारे यस्तो धारणा राखेका हुन् ।

‘सन् २०१७ को आगमनसँगै देशको मुख्य समस्या नक्सलवाद र काश्मिरको आतंकवाद भएको छ ।’ उनले भाषणमा भनेका छन्– ‘हामी र हाम्रो देशले यी दुई चुनौतीका विरुद्ध लडेर जानु पर्ने भएको छ ।’

पक्कै पनि पछिल्ला दिनमा भारतका लागि भारतीय माओवादी आन्दोलन ठूलो समस्या र चुनौती बन्ने गरेको छ ।

भारतीय माओवादीहरुले पनि आफ्नो आन्दोलनलाई गाउँबाट शहरतिर विस्तार गर्न थालेपछि माओवादी आन्दोलनले ठूलो आयातनमा विकास गर्न थालेको छ ।

विकिपिडियाहरुले जनाएअनुसार भारतीय माओवादीसँग ५० हजार सक्रिय कार्यकर्ता र २० हजार लडाकु फोर्स रहेको छ । सन् २००९ मा जारी गरिएको एक आकडाँअनुसार भारतका १८० जिल्ला र मुख्यतः १० प्रान्तमा भारतीय माओवादीको सक्रियता तीव्र गतिमा गएको देखाइको छ ।
भारतीय माओवादी आन्दोलनको इतिहासमा यसको मुख्य जग नक्सलाइट आन्दोलन हो ।

सन् १९६७ तिर भारतको दार्जलिङको नक्सलवारीबाट चारु मजुमदारको नेतृत्वमा सुरु गरिएको आन्दोलन हो । सन् १९७२ मा चारुको गिरफ्तारीसँगै केही समय आन्दोलनले धक्का खाएपनि पछि विभिन्न नेतृत्वले आन्दोलनलाई अगाडि बढायो ।

८० को दशकमा भारतमा विभिन्न क्रान्तिकारी माओवादीहरुले सशस्त्र आन्दोलन गरेपनि त्यसको प्रभाव देशभरि नदेखिएछि पछि एकतामा आए । भारतीय पिपुल्स वार र माओस्ट कम्युनिस्ट सेन्टरबीच सन् २०००पछि भएको एकताले भारतमा माओवादी आन्दोलन नयाँ शिराबाट विकास गर्न पुग्यो ।

आज त्यही एकीकरणको दिशामा भारतीय माओवादी आन्दोलनले क्रमश गाउँबाट शहरतिर प्रभाव विस्तार गर्दै लगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार