प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केही महिनाअधि भएको भारत भ्रमणका क्रममा उठाएका मुद्दा र छलफलका विषयलाई नै छायाँमा पार्ने गरी प्रचन्डपत्नी सीता दाहालको चर्चा भयो ।

प्रधानमन्त्री प्रचण्डसंगै फस्ट लेडीका रुपमा सहभागी भएर गएकी सीता सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा चर्चा र आलोचनाको तारो बुन्नुको कारण थियो–फस्ट लेडीका रुपमा भ्रमणमा सहभागी उनले कूटनीतिक भेटघाटमा क्रममा गम्भीर त्रुटि देखाउनु । हुन पनि उनले कूटनीतिक मर्यादा नजान्दा कतिपय भेटघाटमा गम्भीर त्रुटि हुन पुगेका थिए ।
उनको आनिबानीलाई लिएर उतिबेलै उनलाई शिष्टाचारको कक्षा दिनपर्ने आवाजसमेत उठेको थियो । कूटनीतिक मर्यादा नजानेर आलोचनाको सिकार बनेकी यिनै प्रधानमन्त्री पत्नी सीतालाई उच्चस्तरीय भेटघाट तथा समारोहहरुमा ‘फस्ट लेडि’ का रुपमा सहभागी हुँदा निर्वाह गर्नुपर्ने शिष्टाचारको बारेमा तालिम दिइएको खवर छ ।
बालुवाटार स्रोतकाअनुुसार, सीतालाई दुई हप्ताअघि परराष्ट्रका शिष्टाचार सिकाउने अधिकारहरु ल्याएर कक्षा दिइएको हो ।
‘प्रधानमन्त्री पत्नी सीता कूटनीतिक शिष्टाचार निर्वाह एकपछि अर्को चुक्दै गएपछि बालुवाटारमै शिष्टाचार महापालले गरेको ब्यवस्था अनुसार, उनलाई अभ्यास गराइएको छ’ स्रोतले भन्यो– ‘कक्षापछि उनको शिष्टाचारमा परिवर्तन आउने आशा गरिएको छ ।’
स्रोतका अनुसार तीन हप्ताअघि प्रधानमन्त्री निवास बालुवाटारमै दिइएको शिष्टाचार तालिममा उच्चस्तरीय भेटघाट र सार्वजनिक समारोहमा सहभागी हँुदा निर्वाह गर्नुपर्ने शिष्टाचारका विषयमा विशेष कक्षा दिइएको थियो । कक्षामा ड्रेसअप गर्ने तरिकाबारे पनि सिकाइएको स्रोताले बताएको छ ।
प्रचण्ड पत्नी सीतालाई परराष्ट्रको शिष्टाचार विभागले शिष्टाचारबारे राम्रै कक्षा दिए पनि सिकाइको असर भने उनमा शून्य देखिएको टिप्पणी हुन थालेको छ ।
शिष्टाचारबारे कक्षा दिएपछि पनि आयोजनामा गरिएको भीभीआइपी कार्यक्रममा उनले उस्तै कमजोरी देखाएको बुभिएको छ । रोल्पाको चुनवाङमा आयोजना गरिएको कार्यक्रममा सीताले उस्तै खाले पुरानै रवैया देखाएकी हुन् ।
उनको उस्तै हरिलठठ्क रवैयापछि शिष्टाचार दिइएको विषयमा जानकारहरुले ‘पढ्यो–पढ्यो पाठ, सोह्र दुना आठ’ भँदै हँसीमजाक गर्न थालेका छन ।
कतिपयले उनको बानीलाई ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा राखे पनि बांगाकोबांङ्घै’ भनेर टिप्पणी गर्न थालेका छन् ।







