सरकारी जग्गामा घर बनाएको भन्दै विप्लव माओवादीले काठमाडाैंमा डोजर लगाएर हटाएकाे छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीको कलंकी खसी बजारस्थित एक घरमा डोजर लगाएका हुन् । माओवादीका कार्यकर्ताले अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएका हुन् ।

‘पटक–पटक सम्झाउँदा पनि नमानेपछि हामीले भत्काएका हौँ,’ नेकपा माओवादी काठमाडौँ जिल्ला कार्यलय सदश्य लोकेश विश्वकर्माले घटनाको जिम्मेवारी लिदै भने,‘शासन र सम्पत्तिको दुरुपयोग गर्दै सार्बजनिक जग्गा कब्जा गरेर बनाएको घर बाध्य भएर नेकपा माओवादीले भत्काएको हो ।’

किर्तिपुर नगरपालिका वडा नम्बर एक स्थित जीवन महर्जनले बनाएको घरमा विप्लव माओवादीले डोजर लगाएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार