नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले वीरता दिवस मनाएको छ ।

आजको दिन तत्कालीन राज्यसत्ताको विरुद्ध माओवादी योद्धाहरुले रामेछापको बेथानमा धावा बोलेका थिए ।त्यस क्रममा तीर्थ गौतम, दिलमाया योञ्जन र फत्तेबहादुर स्माइलीले वीरगति प्राप्त गरेका थिए ।

त्यही ऐतिहासिक बेथान मोर्चाका सहिदहरुको संझनामा आज विप्लव माओवादी महिला संगठनले वीरता दिवस मनाएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका व्युरोको आयोजनामा भएको ‘सहिद दिलमाया योञ्जनको स्मृति भव्य रुपले मनाऔं’ भन्ने नारासहित काठमाडौंको सुन्धरामा सम्पन्न भएको छ ।

सो कार्यक्रममा विप्लव माओवादीका विभिन्न महिला नेतृहरुले सहिद दिलमायाको बारेमा बोलेका थिए ।

यसैबीच नेकपा माओवादीका महासचिव नेतृत्व विक्रम चन्द विप्लवले वीरता दिवसको अवसरमा एक सन्देश जारी गर्दै बेथानमा बलिदान गर्ने दिलमाया, तीर्थ गौतम र फत्तेबहादुर स्मालीप्रति श्रद्धान्जाली व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकबाट एक सन्देश जारी गर्दै विप्लवले शहिदका सपना पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

‘आदरणीय शहीदहरु कमरेड तीर्थ गौंतम, दिलमायाँ योञ्जन र फत्तेबहादुर स्माली मगर प्रति उच्च सम्मान र श्रद्धाञ्जली ।’ विप्लवले भनेका छन्- ‘शहीदका सपना पुरा गर्न हामी त्यत्तिकै प्रतिवद्ध छौं जति शहीदहरु थिए । महान शहीदहरु यो धर्तीमा मानव जाति रहे सम्म अम्मर रहनेछन् ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार