शिव डुम्रे -बुटवल, पुष १९ ।
नेकपा (माओवादी) निकट महिला संघ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले जनयुद्धको प्रथम महिला सहिद दिलमाया बम्जनको स्मृति दिवसको अवसरमा आज देशैभर विरता दिवस मनाएको छ ।

तत्कालिन १० बर्षे जनयुद्धको समयमा २०५३ पुष १९ गते दिलमाया बम्जनलाई गिरफ्तार गरी हत्या गरिएको दिनलाई महिला संघले प्रत्येक बर्ष विरता दिवस मनाउने घोषणा समेत गरेको छ ।
यता अनेमसंघ(क्रान्तिकारी) लुम्बिनी व्यूरोले पनि आज बृहत ¥यालीको आयोजना गर्दै विरता दिवस मनायो । रुपन्देहीको बुटवलमा आयोजना गरिएको ¥यालीमा व्यूरोका ६ जिल्लाबाट झण्डै २ सय महिलाको उपस्थिती रहेको थियो ।
बुटवलस्थित पार्टी कार्यालय ‘रातोघर’ बाट सञ्चालन गरिएको सो ¥याली झण्डासहिद लामबद्ध बनेर बुटवल बसपार्कसम्म पुगेको थियो भने पुष्पलाल पार्कमा ¥यालीलाई कोणसभामा परिणत गरिएको थियो ।
¥यालीपछी आयोजित सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले १० बर्षे जनयुद्धमा महिलाहरुले पु¥याएको योगदानको चर्चा गर्दै अबको क्रान्ति पूरा गर्नको लागी समेत महिलाहरुको अहम भूमिका भएको बताए ।
उनले देशको सर्वाेच्च पदमा महिला पुग्नु आफैंमा सम्मान भएपनि महिलाको आम विषयहरु भने ज्यूँकात्यूँ रहेको भन्दै महिलाको जनजीविका र वर्गिय उत्थान नहुँदासम्म महिलाको सम्मान नहुने बताए । पार्टी क्रान्तिमा बर्गिय मुक्तीसँगै महिला मुक्ती पनि आवश्यक रहेको उनको जोड थियो ।
राज्यसत्ताले महिलाहरुमाथि सधैं साधनको रुपमा हेरेको र महिलाहरुलाई किनबेचको साध्य बनाएको भन्दै अधिकांश बोल्ने महिलाहरुले अब देशमा एकिकृत जनक्रान्तिको कार्यदिशाबाट मात्रै महिलाहरुको मुक्ती सम्भव रहेको बताए ।
कार्यक्रम अनेमसंघ (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष रन्जु चौधरीको अध्यक्षतामा भएको थियो भने, केन्द्रिय सदस्य तथा नवलपरासी ईन्चार्ज शारदा गिरीको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघकी केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कल्पना सुवेदीले गरेकि थिईन ।







