चीनका राष्ट्रपति सी जिन्पिङ कति व्यस्त हुन्छन् ? सिन्व्हानेटले गरेको एक पात्रो विश्लेषण निकै चाखलाग्दो छ ।

उनले चार वर्षमा लगभग ५ महिनाका १ सय ५४ दिनमा २४ वटा विदेश भ्रमण सम्पन्न गरेका छन् । कार्यालयको १ सय ५४ दिनमा उनले ३४ दिन सप्ताहान्तको छुट्टीबाट, ६ दिन चीनका राष्ट्रिय पर्वबाट, १ दिन हेमन्त उत्सव र १ दिन वसन्त उत्सवबाट कटौती गरी भ्रमणको कार्यक्रम मिलाएका थिए ।

उनको भ्रमण १ वर्षमा १ महिनाका दरले भएको देखिन्छ । विश्वका धेरै राष्ट्र या सरकार प्रमुखको तुलनामा उनको व्यस्तता निकै डरलाग्दो रहेको विश्लेषन गरिएको छ ।

सामान्यतया २४ घण्टाको १ दिन मानिन्छ । तर उनका लागि कुनै एक दिन २७ घण्टाको बनेको देखिएको छ । उनले एक महिनामा तीन वटा विदेश भ्रमण गरे, चार बैठक गरे । त्यहाँ सम्बोधन गरे र बहुपक्षीय कुुटनीतिमा नयाँ उचाई थपे ।

सिन्व्हानेटले जनाएअनुसार उनको त्यो एक दिन अर्थात् २०१३ को मार्च २२ मा उनले चीनका राष्ट्रपतिका रुपमा विदेश भ्रमण सुरु गरे । त्यस दिन उनी कजाखस्तान हुँदै रुस गए । कसरी विताए त त्ये दिन ?

त्यस दिन विश्वका दुई शक्तिराष्ट्रहरु महत्वपूर्ण सहमतिमा पुगे । २०१५ को मे ८ को दिनलाई उनले २७ घण्टाको बनाए । बिहान नौ बजे उनी कजाखस्तानका लागि उडे । त्यहाँबाट तीन घण्टाको उडान गरी स्थानीय समयअनुसार ९ बजे उनी मस्को पुगे । विमानस्थलमा उनले तीन वटा ‘गार्ड अफ अनर’ लिए । सेनाको निरीक्षण गरे ।

त्यसपछि रुस सरकारको मुख्यालय रहेको क्रेमलिन गए । त्यहाँ रुसी राष्ट्रपति ब्लादीमिर पुनिसँग एक घटासम्म ‘वान टु वान’ बैठक सकेपछि अपरान्हसम्म समुहगत बैठकमा सहभागी भए । त्यस अवसरमा तेत्तिसवटा महत्पूर्ण सम्झौतामा हस्ताक्षर गरे । अनि संयुक्त प्रेस सम्मेलनलाई सम्बोधन गरे ।

सोही दिन होटेल पुग्नासाथै उनले चीनमा रहेर जापानी साम्राज्वादविरोधी युद्घमा लडेका रुसी भेट्रानहरुका प्रतिनिधिहरुलाई भेटे र उनीहरुलाई स्मृति पदक प्रदान गरे । त्यसपछि उनले चीनमा सहायता कार्य चलाइरहेका विशेषज्ञहरुको समूहलाई भेटे ।

त्यसवेला रात परिसकेको थियो । सीले एकै महिनामा तीन विदेश भ्रमण गरे । फ्रान्स, टर्की र फिलिपिन्समा भएका ४ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गरे । चीनमा वसन्त उत्सव चलिरहेका दिन सी आफ्नो हवाइजहाज लिएर रुसको सोची भन्ने स्थानमा पुगेका थिए ।

त्यही बेला उनी दक्षिण अफ्रिका पुगे, र सगोची हिल्सको भ्रमण गर्न पनि भ्याए । दक्षिण अफ्रिकामा उनले तिनको अफ्रिका नीतिवारे विशद व्याख्या गरे, जुन अफ्रिका जनताले सुन्न चाहिरहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार