बाराका जिल्ला प्रशासन प्रमुख अधिकारी (सिडिओ) विजय नारायण मानन्धरले भारतीय नागरिक जंगबहादुर महतोलाई नागरिकता प्रदान गरेका छन् ।
महतोले सिडिओलाई प्रभावमा पारेर नेपाली नागरिकता हात पारेका छन् । उनले बाराको ३ नं वडाबाट नागरिकता लिएका हुन् ।

उनको नागरिकतामा बाबुको नाम सत्य नारायण महतो रहेको छ । जो बाराको कुइरीमा बस्छन् । तर सत्य नारायणको बाबुको नाम नागरिकतामा नभेटिएपछि जंबहादुर महतोको नागरिकता नक्कली भएको भन्दै बारा भल्भरियाका स्थानीय प्रयासदास नटमाले बुधबार पत्रकार सम्मेलन गरेर भण्डाफोर गरेका छन् ।
वंशजको आधारमा नागरिकता बन्न जंगबहादुरको हजुरबाको नाम हुनु पर्नेमा नभएपछि उनको नागरिकतामा स्थानीयहरुले विरोध गरेका छन् ।
बारा भल्वरियाका स्थानीय प्रयासदासले जंगबहादुरको नक्कली नागरिकताको बारेमा पत्रकार सम्मेलन गरेपछि वर्तमान सिडिओ विजय मानन्धरले धक्काएर त्यसो नगर्न भनिरहेका छन् ।
स्मरणरहोस् जंगबहादुरले यसअघि पनि सिडिओलाई प्रभावमा पारेर विसं २०४९ पौष १९ गते नागरिकता लिएका थिए ।
त्यो बेला नागरिकता दिलाउने सिडिओ आनन्दराज पोख्ररेल थिए । त्यो बेला पनि स्थानीयहरुको विरोधपछि उनको नागरिकता २०५९ मा पुगेर खारेज भयो । पछि २०६९ मा आएर जंगबहादुरले पहिलो नागरिकताको प्रतिलिपी निकालेर अहिले नागरिकता बनाएको स्थानीहरुको भनाई छ ।
त्यसैको प्रतिलिपीको आधारमा ०७३ पौष १२ मा जंगबहादुर महतोको फेरि नागरिकता बनाइएको छ ।








