सत्तामा पुगेपछि भोग विलासमा रमाउन खप्पिस मओवादी केन्द्रका नेताहरु जस्तोसुकै हर्कत गर्न सक्छन् भन्ने कुराको पुष्टि लेखराज भट्टको आर्शिवादमा कृषि मन्त्री बन्न पुगेका गौरीशंकर चौधरीले देखाई दिएका छन् ।

धन भनेपछि हुरुक्कै हुने हुने मन्त्री चौधरीले कृषि विकास मन्त्रालयमा सवैभन्दा इमान्दार सहसचिवका रुपमा गनिएका सुदूरपश्चिम क्षेत्रकै राजेन्द्र मिश्रलाई आईडब्लुआरएमपी प्रोजेक्टको प्रमुखबाट हटाउने तयारी गरिरहेको चर्चा छ ।
आयोजना प्रमुख मिश्रले चढेको गाडी मन्त्रीले माग्ने बित्तिकै उपलब्ध नगराएको रिसमा मन्त्री चौधरीलाई पछि गाडी दिएपनि काउसो हालेर पठाएको निहुँ बनाएर उनलाई हटाउन लागेको बुझिएको छ ।
मन्त्रीले मिश्रलाई हटाउने तयारी गरेको थाहा पाएपछि कृषि राज्यमन्त्री राधिका तामाङले भने मिश्रलाई नहटाउन मन्त्री चौधरीलाई दवाव दिएको थाहा भएको छ । कांग्रेस र एमाले जो सुकै भएपनि सानातिना कुरा उठाएर कर्मचारीलाई हटाउँदा मन्त्रालयको बदनाम हुने भएकाले मिश्रमाथि अन्याय नगर्न उनले अनुराध गरेकी छिन् ।
स्रोत भन्छ– परियोजना प्रमुखले मन्त्री चौधरीलाई महिनावारी भेटी नचढाएका कारण गाडीमा काउसो हालेको निहँुमा हटाउन लागेका छन् । मन्त्रीले परियाजनाको गाडी मागेपछि सहज रुपमा उपलब्ध गराएको परियोजनाको प्रशासनले बताएको छ ।
तर, मन्त्रीलाई गाडी पठाउदा काउसो प्रयोग गरेर कसैले पठायो त ? उनीहरुले प्रतिप्रश्न गरेका छन् । राजेन्द्र मिश्रलाई हटाउने पूुर्व योजना अनुरुप नै मन्त्रीकै ड्राइभरहरुबीच विगतदेखि देखिएको रिस साँध्न र सो परियोजनामार्फत काम नै नगरी दैनिक भत्ता नखुवाएको झोंकमा ड्राइभरहरुलेनै मिश्रलाई हटाउने षडयन्त्र रचेको आशंका गरिएको छ ।
आफूले मागेको गाडीमा काउसो हालेर पठाएको भन्दै मन्त्री चौधरी रिसले अगो मात्र भएका छैनन्, उनले केही साता अगाडि भारत भ्रमणमा अरु सहसचिवको स्वीकृत गरेपनि मिश्रको भ्रमण आदेश चाँहि अस्वीकृत गरेको बताएको छ ।







