लामो राजनीतिक संक्रमणकालबाट गुज्रेका नेपालका लागि भ्रष्टाचार टाउको दुखाईको विषय बन्दै गइरहेको छ ।

पछिल्ला अध्ययनहरुले नेपालमा भ्रष्टाचार घट्नुको साटो एकपछि अर्को बढ्दै गइरहेको देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) २०१५ का अनुसार नेपाल भ्रष्टाचार हुने विश्वका मुलुकहरुमध्ये १३० औं स्थानमा छ ।

भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधिविरुद्घ लामो समयदेखि सक्रिय रहँुदै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सन् २०१६ मा देशको सार्वजनिक सेवा प्रवाहबारे गरेको एक अध्ययनमा सार्वजनिक सेवा प्रवाहको स्तर निकै कमजोर र फितलो रहेको निष्कर्ष निकालेको छ ।

आफ्ना कार्यक्रम सञ्चालित नौ जिल्ला (सिरहा, रौतहट, भक्तपुर, रुपन्देही, बाग्लुङ, बाँके, दाङ, दार्चुला र देलखा) मा उसले अध्ययन गरेको हो ।

सार्वजनिक इन्टरनेशनलले अध्ययनका क्रममा उसले सेवा प्रवाहसंग सम्वन्धित १२ क्षेत्र (मालपोत, जिल्ला प्रशासन, सरकारी अस्पताल-स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय, नगरपालिका, गाविस, जिविस, विद्युत प्राधिकरण, खानेपानी कार्यालय, कृषि विकास कार्यालय, राजश्व तथा कर कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला वन कार्यालय राजेको थियो ।

जुन अध्ययनले निराशाजनक चित्र देखाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार