नेकपा एमालेले गर्ने भनिएको आजको शक्ति प्रदर्शनमा मान्छेको कम उपस्थिति हुने भएपछि खुलामंचमा गर्ने भनिएको आमसभा सारिएको छ ।
खुलामंचबाट स्थगित गरेर एमालेले भृकुटीमण्डप अगाडिको खुला रोडमा सभा गर्न लागेको छ ।
विशाल शक्ति प्रदर्शन भनिएपनि मान्छेको सहभागित कम हुने स्थितिपछि एमालेले कार्यक्रमस्थल स्थानान्तर गरेको एमालेका एक कार्यकर्ताले बताए ।
आजको कार्यक्रममा एमालेसहित नेकपा मसाललगायत अरु कयौं १० दलको संयुक्त कार्यक्रम हुने भएको छ ।







