भारतीय प्रान्त पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नोटबन्दीका कारण पश्चिम बंगालमा मात्र ८१ लाख मान्छे बेरोजगार भएको बताएकी छिन् ।

शुक्रबार कलकत्तामा आयोजित एक विरोध ¥यालीलाई संवोधन गर्दै बनर्जीले सो नोटबन्दीका कारण आर्थिक रुपमा ५५ सय करोड रुपैया  राजश्वमा घाटा पुगेको बताएकी छिन् ।

भारतबाट प्रकाशित चर्चित पत्रिका द हिन्दुका अनुसार त्यसले सिंगो प्रान्त पीडित भएको बनर्जीले बताएकी छिन् ।

‘गत दुई महिनाअगाडि नोटबन्दीको घोषणा गरियो, हाम्रो राज्य त्यसबाट पीडित बन्यो र ५५ सय करोड राजश्व गुम्यो ।’ बनर्जीले भनेकी छिन्– ‘त्यसपछि १ करोड ७० लाख मान्छे त्यसको असरमा परेका छन् । साथै ८१ लाख बढी मान्छे बेरोजगार बनेका छन् ।’

बनर्जीका अनुसार नोटबन्दी कारण झण्डै करोड बेरोजगारहरुलाई जुट, बिडी र ज्वेलरी शपमा व्यवस्थापन गर्नु पर्ने स्थिति आएको छ । तर त्यसले सिंगो राज्यमा ठूलो संकट ल्याएको बनर्जीको भनाई छ ।

सिंगो भारतमा नोटबन्दी समस्या हल गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा आउनु पर्ने बनर्जीको भनाई छ । उनले अर्को आम निर्वाचन आउनुअघि सबै राजनीतिक दलहरु न्युनतम कार्यक्रममा एक हुन पर्ने बताएकी छिन् ।

९ करोड जनसंख्या रहेको पश्चिम बंगालले भोगेको संकट निकै ठूलो संकट भएको मुख्यमन्त्री बनर्जीको भनाई छ ।

स्मरणरहोस् पछिल्ला समय मोदीको नोटबन्दी सिंगो भारतमा अभूतपूर्व संकट आएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार