सरकारले भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरसँग गरेको माथिल्लो कर्णाली जलविद्युत निर्माण सम्झौता खारेज गर्न भन्दै सुर्खेतमा फेरि वृहत विरोध प्रदर्शन भएको छ ।

राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता खारेज गर, स्वदेशी लगानीमा पूर्ण क्षमताको परियोजना निर्माण गर भन्ने मुल नाराका साथ नेपाल तीनवटा कम्युनिस्ट पार्टीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेकाछन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र नेकपा मसालको संयुक्त आयोजनामा सुर्खेतकाे वीरेन्द्य्रनगरमा बृहत विरोध प्रदर्शन कार्यक्रम भएको छ । नेताहरूले भारतीय निर्माण कम्पनीलाई दिइएको यो परियोजना खारेज गरी नेपाली कै लगानीमा निर्माण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेकपा माओवादीका नेता हेमन्तप्रकाश वली (सुदर्शन) ले यो सम्झौता राष्ट्रघाती भएको भन्दै यसको खारेज गरी स्वदेशी लगानी मै निर्माण गर्नुपर्ने बताए । राष्ट्रघात गर्नेहरुलाई जनअदालतमा उभ्याएर फाँसीको सजाय दिन पनि पछि नपर्ने भन्दै देशको आन्तरिक विषयमा सबै मिल्नु पर्ने वलीको भनाई छ ।

उनले राष्ट्रको हितभन्दा खलनायक बन्ने काम प्रमुख दलका नेताहरु लागेको भन्दै जनअदालतमा नागरिकले दण्डित गर्ने बताए । आफूहरु विकास विरोधी नभएको दावी गरेका वलीले माथिल्लो कर्णाली सम्झौंता खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै कर्णाली बचाउनका लागि हतियार उठाउने चेतावनी समेत दिए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय प्रवक्ता हरिभक्त कँडेलले नेपालमा विद्युतको व्यापार गर्ने समय अहिले नभएको भन्दै देशमा रहका कृत्रिम चिज बेच्नु राष्ट्र बेच्नुसरह भएको टिप्पणी गरेका थिए ।

त्यस्तै नेकपा मसालका केन्द्रिय नेता भैरवराज रेग्मीले माथिल्लो कर्णाली जलविद्युत् निर्माणको जिम्मा लिएको भारतीय कम्पनी जिएमआरलाई यहाँबाट धपाईने बताए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार