लामो संघर्षपछि रोल्पाका थवाङवासीहरुले एउटा उपलव्धि हासिल गरेका छन् ।

उनीहरुले गरेको संघर्षको परिणाम थवाङ गाउँपालिकाको केन्द्र बन्ने भएको छ । अर्थात् उनीहरु थबाङलाई गाउँपालिकाको केन्द्र बनाउन सफल भएका छन् ।
शुरुमा केन्द्र र जिल्लाले थवाङलाई केन्द्र नबनाउने गरी गरिएको सिफारिसलाई थबाङीहरुले आन्दोलनबाट अस्वीकार गरेपछि दोस्रोपटक पठाइएको सिफारिसमा थवाङको छुट्टै गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ ।
अहिले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेर बुझाएको प्रतिवेदनमा थवाङ, मिरुल र उवा गाविस मिलाएर थवाङ गाउँपालिका बनाइएको छ भने यसको केन्द्र पनि थवाङ नै तोकिएको छ ।
थवाङ गाउँपालिकाको केन्द्र पनि थवाङ बन्ने ब्यवस्था गरिएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार थवाङका दुई वडासहित पाँच वडा रहने ब्यवस्था गरिएको छ ।
दश वर्षे जनयुद्धमा थबाङले भोगेको बलिदानको इतिहास निकै अविस्मरणीय छ । संघर्षशील र विद्रोही थबाङले पाउने पर्ने धेरै छ ।
तर यो पछिल्लो गाउँपालिकाको केन्द्र थबाङ बन्नु संघर्षको परिणाम भएको थबाङका पूराना कम्युनिस्ट नेता गोरे दाईको भनाई छ ।







