
संखुवासभामा नयाँ शक्ति नेपालका तीन दर्जन नेता कार्यकर्ता विद्रोह गरी विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।
विप्लव माओवादीमा प्रवेश गर्ने नयाँ शक्तिका मानकाजी कोइराला र पुष्प कोइराला प्रदेश सदस्य हुन् । त्यसैगरी प्रेमबहादुर राई, मिठकुमार श्रेष्ठ, प्रकाश पुरी, खड्कबहादुर सुनामलगायत नेता कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई नेकपा माओवादी संखुवासभाले पार्टीमा टीका लगाएर स्वागत गरेको छ ।
नयाँ शक्तिले पाँच सको नाममा भ्रामक राजनीति गरेको भन्दै उनीहरुले एक विज्ञेप्ती जारी गरेर नेपालको आमुल परिवर्तनका लागि विप्लव माओवादीमा प्रवेश गरेको बताएका छन् ।
उनीहरुले नयाँ शक्तिका नेताहरुले पार्टीको वैचारिक धार के हो भन्नेबारे अहिलेसम्म स्पष्ट बनाउन नसक्दा धेरैलाई अन्योल बनाएको र त्यही अन्योलताबाट आफुहरुले विद्रोह गरेको बताएका छन् ।
नयाँ शक्ति छाडेकाहरुले जारी गरेको विज्ञेप्तीको पूरा पाठ








