नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादी निकट अखिल क्रान्तिकारीले भोलि मंगलबार एक दिने शैक्षिक आम हड्तालको घोषणा गरेको छ ।

अखिल क्रान्तिकारी आफ्नो संगठनका केन्द्रीय सदस्यहरु प्रकाश शाही र चन्द्र बुढाको रिहाईको माग गर्दै एक दिने आम हड्ताल आयोजना गरेको संगठनले जनाएको छ ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त लोकमान कार्कीलाई कालोमोसो दलेको आरोपमा संगठनका दुई केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले अझै हिरासतमा राखेको छ ।

ती दुई नेतालाई रिहाईका लागि सरकारलाई दबाबका लागि संगठनले यस्तो संघर्षको कार्यक्रम राख्नु परेको बताएको छ ।

‘०७३ पौष ७ गतेका दिन नेपालको कुख्यात र भ्रष्ट लोकमान कार्कीमाथिको कार्वाहीलाई लिएर कथित सार्वजनिक एवं अवहेलनासम्वन्धी मुद्धा लगाएर १५ दिनसम्म पनि रिहाइ नगरेको घटनाप्रति संगठनको गंभीर ध्यानाकर्षण भएको छ ।’ संगठनका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहद्धारा जारी विज्ञेप्तीमा भनिएको छ-  ‘हाम्रा साथीहरुलाई अविलम्ब ससम्मान रिहाईका लागि जोडदार माग गर्दछौं ।’

संगठनले याे अान्दाेलनलार्इ सफल पारिदिनु हुन सबैमा हार्दिक अनुरोध समेत  गरेको  छ ।

संगठनका अध्यक्ष सिंहद्धारा जारी विज्ञेप्तीको पाठ :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार