उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले तस्करहरुको ठूलो गिरोह नेपालमा रहेको स्वीकार गरेका छन्।

उपप्रधानमन्त्री महराले मंगलबार व्यवस्थापिका संसद अर्थ समितिको बैठकमा नेपालमा तस्करहरुको ठूलो गिरोह नै सक्रिय रहेको स्वीकार गरेका हुन्।

उनले नियमन र नियन्त्रणका लागि खटिएका निकायहरुबीच राम्रो समन्वयको अभावमा सुन तस्करी पनि नियन्त्रण गर्न नसकिएको जिकीर पनि गरे। उपप्रधानमन्त्री महराले गृह मन्त्रालय अन्तरगतका सुरक्षा निकायका प्रमुखहरुसमेत उपस्थिति रहेको बैठकमा तस्करी नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा भने कुनै निर्देशन दिएनन्।

उपप्रधानमन्त्री महराले सुन तस्करीको घटना नियन्त्रणका लागि आफूले सम्बन्धित निकायलाई ताकेता गर्दा पनि वास्ता नगरेको गुनासो पनि गरे।

यता गृह मन्त्रालय मातहतका सुरक्षा निकायका प्रमुखहरुले भने भन्सार विभाग र विमानस्थलकै कर्मचारीको मिलेमतोमा तस्करी नियन्त्रण हुन नसकेको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार