अर्घाखाँचीमा आजदेखि सुरु हुन लागेको अर्घाखाँची महोत्सवको उद्घाटन सत्रमा ढुंगा बर्सिएपछि ऊर्जा मन्त्री जनार्दन शर्मा कार्यक्रमलाई सम्बोधन नगरी काठमाडौँ फर्किएका छन ।
नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन तर ५ नम्बर टुक्रेमा केही हुँदैन भनेपछि युवाहरुले ढुगांमुढा गरेका हुन् ।

महोत्सब उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका ऊर्जा मन्त्री शर्माले महोत्सबमा मन्तब्य राख्न पाएनन् । उनी त्उसै फर्किए । स्थानीयको ढुंगामुढा र चर्काे नारावाजीपछि कार्यक्रम पनि स्थगित भएको छ ।
जनताको चाहना विपरित नेता आचार्यले पाँच नम्बर प्रदेश टुक्रिए केही नहुने बताएपछि कार्यक्रमस्थलमा आएका स्थानीयबासीले आक्रोशित भएर ढुंगामुढा गरेका हुन् ।
स्थानीयको नाराबाजी र ढुंगामुढापछि मन्त्री शर्मालाई प्रहरीले स्कर्टिङ्ग गरेर कार्यक्रमस्थलबाट बाहिर लगेको थियो । माओवादी नेता आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिए माफी मागेपछि भीड नियन्त्रण भएको छ ।
नाराबाजी र ढुंगा बर्सिएपछि दुई सर्वसाधरण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएपछि का जिल्लाबासीको घेराबन्दीमा परेका हुन् ।







