
नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् ।
प्रचण्ड हिटलर बन्न खोजेकाले उनलाई जनअदालतमा उभ्याउनु पर्ने बेला भएको ओलीले बताए ।
नेकपा (माओवादी) जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा उनले अाफुहरूले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताएका छन् ।
पुरानो सत्ताकाे राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने उनले बताए ।
प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनको भनार्इ छ । माओवादीले पुराना सत्ताको विकल्पमा जनक्रान्ति गर्न लागेको बताए । एकीकृत जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रेमी सबै मिलेर गर्ने क्रान्ति भएको ओलीको भनार्इ छ ।
उनले बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नभई पुरानो शक्ति भएको बताए ।







